साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्वाददाता एण्ड मन्त्री सम्वाद

अनि अझ पनि किन सोध्नु पर्‍या ? नचाहिने प्रश्न किन गर्‍या ? अझ सुन्नुहोस् मैले विकास गर्‍या । टोलका भुस्याहा डाँगा भए लुते पाडाहरु हान्ने राँगा भए रुखमा चिउला थिए हाँगा भए मेरा विरोधीहरु नागा भए कसले भन्छ मैेले चारो छरिनँ कसरी मैले विकास गरिनँ ?

Nepal Telecom ad

होम सुवेदी :

पत्रकार :
म फलाना पत्रिकाको वरिष्ठ पत्रकार
थाहा पाउँछु म यहाँको सिरपुछार
यहाँ मन्त्री मात्र नभई महामन्त्री नै पर्नु भो
उत्तर दिनुहोला
ककसलाई कति कति दानापानी छर्नु भो ?
मन्त्री भएपछि केके विकास गर्नु भो ?
देशका कुनकुन ठाउमा चर्नुभो ?

मन्त्री :
बडो सान्दर्भिक प्रश्न गर्नुभो
वरिष्ठसम्वाददाता पर्नु भो
पुरानै खानपान र गुँडमा हुनुहुन्छ कि
नयाँ खान्की र गुँडमा सर्नुभो ?
दानापानी रामरी नै जोहो गर्नु भो ?
कि बिचैबाट कतैतिर झर्नु भो ?
सुन्नुहोस् मेरा कुरा
जा…है भुसुक्कै भएँछु
तपाईंले के पो प्रश्न गर्नु भो ?
अहिलेसम्म तपाईं चैँ कता कता चर्नु भो
सोमरस खाएर होटलको बार्दलीबाट झरेर
कतिपटक पत्रकार गर्नु भो ?
मापसेको कतिपट फेला पर्नुभो ?
मन्त्री हुँ यसैले धेर कुरा गर्दिनँ
यस्ता मुले म तल पर्दिनँ
भैगो उत्तर नै दिन्छु
तपाईं जस्ता पत्रकार चिन्छु
को भन्छ मन्त्रीमाथि विश्वास रहेन
म मन्त्री भएपछि किन विकास भएन ?
सूर्य पूर्वबाट आए
चैतको बेला रुखमा पुजुरा आए
पुराना पात झरेर रुखमा नयाँ पात पलाए
तपाईंकै पनि पलाए
मेरै छोराका पनि जुँगा दारी पलाए
झ्याउँकिरी जङ्गलभरि जोडजोडले कराए
युवायुवतीहरु जङ्गलमा हराए
चुनावको बेला मस्तसँग भोज खाए
मेरो स्तुतिमा चुनावको बेला मस्तसँग खैंजडी बजाए
म भन्छु पुरानो जमाना अब रहेन
लु भन्नुहोस्‌
म मन्त्री भएपछि किन विकास भएन ?
कसले भन्छ मैले कनिका छरिनँ
विकासको खोलो तरिनँ
कसरी मैले विकास गरिनँ ?

पत्रकारः
हो, गर्नु भएछ गर्नु भएछ
गाउँबाट सहर सर्नु भएछ
भोटरलाई कनिका छर्र्‌नु भएछ
खुबै गर्नु भएछ ।

मन्त्रीः
अनि अझ पनि किन सोध्नु पर्‍या ?
नचाहिने प्रश्न किन गर्‍या ?
अझ सुन्नुहोस् मैले विकास गर्‍या ।
टोलका भुस्याहा डाँगा भए
लुते पाडाहरु हान्ने राँगा भए
रुखमा चिउला थिए हाँगा भए
मेरा विरोधीहरु नागा भए
कसले भन्छ मैेले चारो छरिनँ
कसरी मैले विकास गरिनँ ?

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x