साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति भारी अनि कस्तो भारी वर्षा

हामीले बुझ्ने भाषामै भन्दिनुपर्छ कुन खालको वर्षा कति ठाउँमा हो कि कति थोपा हो कि कति गड्याङ्गुडुङ अनुसार हो कि कति भारी वर्षा अनि कस्तो भारी वर्षा भनेर ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

माउसमविदहरूले अघाउञ्जेलसम्मको मात्र होइन वाक्कै आएर दिक्कै पार्ला जस्तोगरी हल्लाको झोलुङ्गो हल्लाए । यिनका यी हल्लाइ कहिलेकाही त परालको टौवा मुनि साना बच्चा बच्चिले टालोको झोलुङ्गोमा काठको टुक्रो वा ठुटे कुचो वा भाँच्चिएको हातोलाई हो हो बाबू हो हो, नरोउ सानू नरोउ गरेको जस्तै हुन्थ्यो । हिजो पनि यताको लागि त्यस्तै त्यस्तै नै भयो । भारी वर्षाको भविष्यवाणी माडी देखि टाँडिसम्मै भारी सित्तलमात्रमा टर्‍यो । एक तरिकाले मनमा लागिरह्यो हाम्रो देशका माउसमविदहरूले भारी वर्षा त भन्ने तर एक भारी हो कि दुई भारी हो कि पाँच भारी हो कि दशभारी हो त्यो नभन्दिने अनि नाम्लोको भारि कि डोकोको भारी कि थुन्सेको भारी त्यो पनि नभन्दिने । अझ बेस्सरी खाँदेर हालेको भारी कि झारा टार्ने भारी त्यो पनि भन्ने होइन अनि कसरि परोस् त पानी !! अनि कसरी बनोस भारी वर्षा !!

एउटा केही मेसोमेलो नदिने, हचुवामा माउसमविद भनिने अनि पानीले पनि किन टेरोस् । बसिदियो खाडीबाट उडगाडी हुँदै बाकसमा सुतेर हाम्रा होनहार पुस्ता फर्कने बाटोतिर गएर । भारीहरू कति प्रकारका हुन्छन्, कस्ता कस्ता हुन्छन भन्ने फिटिक्कै नबुझ्नेहरुले बिनसित्ती के के न भनें भनेर भारी वर्षा हुन्छ भन्दिने । ल तिनीहरूले भारीको बारेमा राम्रोसँग नुझेका भए गएरातिदेखि आज यतिखेर दिउँसोको एक दर्जन बजेसम्म कति भारी वर्षा भयो । अनि भैरहेकैछ नरोकिइकन । ल अब माउसमविद हुँ भन्नेहरूले भारिहालेर गनेर दुई भारी दस भारी बीस भारी सय भारी कति भारी वर्षा भयो हामीलाई देखाउन । अनि बल्ल पत्यार हुन्छ तिनका भारीको ।

माउसमविद हुँ चाहिँ भन्ने फेरि सिमसिम पानी कति घण्टा पर्‍योभने कति भारी वर्षा, अल्लि ठूलो पानी कति थोपा पर्‍यो भने कति भारी, मध्यम भन्ने गरिएको साहिँलो खाले भन्ने कि माइलो खाले वर्षा कति हात वा कति रोपनी जमिनमा पर्‍यो भने कति भारी, अनि बारिको अल्लि पल्तिरको गहिरोमा पुगियो भने सारी नै बगाएर तराइको टारिगाउँ हुँदै पराइको दाह्रीतिरसम्म पुर्‍याउने गरि खोलानाला ढाडिएर बाढी भन्ने नाम बोकेर चल्ने गरि पानी पर्‍यो भने आकाशमा कतिपटक गड्याङ्गुडुङ गर्‍यो भने कति भारी खै कसले सकेको छ यो कुरो हामीजस्तो महाबुद्धिहिन प्रतियोगिताका विजयीहरूलाई बुझाउन ।

भारी वर्षा भनिसकेपछी यति भारी उति भारी भन्नलाई भारी भनेको केहो भनेर नबुझ्ने गँवार पाखे माउसमविद भए पनि कम्तीमा अहिले बडेमानका ढाडीजस्ता गाडीका हिसाबले यति गाडी उति गाडी वर्षा हुन्छ भन्दिएको भए पनि हुन्थ्यो त्यो पनि छैन । त्यत्तिकै हचुवाको भरमा भारी वर्षा हुन्छ भन्दिने । को छ यो कुरो नबुझ्नेलाई बुझाइदिने ? अनि हामिचाहिँ जलश्रोतको धनिदेशमा बसेर छलश्रोतको कहर भोगेर कुन वर्षा कतिभारी अनि नाम्लोको, डोकोको, थुन्सेको खाँदेको, झारा टारेको कस्तो खाले भन्ने नबुझाइएरै जाने ?? यतिसारो अन्याय गर्न त भएन नि माउसमविदहरूले पनि ।

अन्याय नै गर्न त अन्याय गर्नुको अघोषित ठेक्का लिएर बसेका विश्व शासक हुँ भन्नेहरू, क्षेत्रीय बिनाशक हुँ भन्नेहरू सरकार नामक बिनापाङ्ग्रे कारका यात्रुहरू कर्मको नाममा अधर्मचारिहरू आदि आदि अनेक थरिका छँदैछन । किन माउसमविदहरूले तिनकै लहरमा उभिने रहर गर्नु परेको । यो त सुहाएन है !! नत्र फेरि झरीको कारणले कहिँ कतै निस्कने बाटो मेलो नपाएर यस्तो गन्थन लेख्ने सर्जक जस्तै बनौला है ।

माउसमविदहरू हो ! बेलैमा होस गर । तिम्रा ती साना ट्वाकजस्ता भाँडालाई डाँडामा लगेर चर्को घाम र दर्को पानी सबैमा टट्टिन र खटिन लगाएर नापेको नापो हामीले कत्ति पनि बुझ्दैनौं । हामीलाई हामीले बुझ्ने भाषामै भन्दिनुपर्छ कुन खालको वर्षा कति ठाउँमा हो कि कति थोपा हो कि कति गड्याङ्गुडुङ अनुसार हो कि कति भारी वर्षा अनि कस्तो भारी वर्षा भनेर ।

०००
२०८२ असोज १८
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x