साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

शासनको कुरा गर्दा लोकतन्त्र राम्रो हो भन्दा हुन्छ नेताहरूको मति बिग्रिए त्यो तन्त्र पनि विस्तारै "गन्धा" हुन्छ ।

Nepal Telecom ad

भीम राना जिज्ञासु :

१. विडम्बना
भनेर होइन गरेर देखाउनेको विचारले पो छुन्छ
जो जति महान् हुन्छ ऊ सबैको सामु नुहुन्छ
तर विडम्बना ! धनबहादुरसँग धन नभएजस्तै
जलस्रोतको धनी देश तर यहीं बढी लोडसेडिङ हुन्छ ।

२. आग्रह
जसले गरे पनि आजकल देश “बन्द” हुन्छ
यसलाई लोकतन्त्रको खास आचरणभन्दा हुन्छ
देशमा के के न होला भनेर फुर्कनु पनि व्यर्थै
त्यसैले जति सक्दो चाँडो शासनलाई “गणतन्त्र” मान्दा हुन्छ ।

३. नेता संस्कार
शासनको कुरा गर्दा लोकतन्त्र राम्रो हो भन्दा हुन्छ
नेताहरूको मति बिग्रिए त्यो तन्त्र पनि विस्तारै “गन्धा” हुन्छ
नेपाल माथि नउक्लनुमा मुख्यतया एउटै कारण छ-
जो कुर्चीमा पुग्छन् त्यसपछि ऊ “अन्धा” हुन्छ ।

४. दुर्भाग्य
देश ! कहिले हड्ताल, कहिले चक्काजाम
जुन तन्त्र आए पनि लागेन कहिल्यै पहारिलो घाम
छुल्याहा फटाहाको मात्र जताततै राज चल्दोरहेछ
विचरा सोझा जनताले कहिल्यै टेक्न पाएन गतिलो ठाम ! –

०००
पृथ्वीनारायण नगरपालिका-४, गोरखा हालः काठमाडौँ
मधुपर्क (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x