साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाबाबाका शुभवचनले

बाबा माताका दिल मगजमा देवको बास हुन्छ । साह्रै अप्ठ्यारो क्षण कहरको सङ्कटा दूर भाग्छ।। चारै सीमामा मगमग हुने शान्तिको दीप बालूँ। आमाबाबाका शुभवचनले यो जगत् जित्न पाऊँ ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

आमा बा हाम्रा शिरउपरका श्रेष्ठका ईशझैँ हुन्।
अग्ला अग्ला ती हिमशिखरझैँ टाकुराझैँँ उँचा छन् ।।
बद्री वा काशी पवन थलमा जान पाऊँ नपाऊँ।
आमाबाबाका शुभवचनले यो जगत् जित्न पाऊ ।।-१

बाबा हुन् हाम्रा भव सरहका मातृ हुन् देवयानी ।
हाँस्दै वा नाच्दै यस अवनिमा बित्छ यो जिन्दगानी ।।
उम्दा अर्तीकाअति असलका बात छन् सुन्न पाऊँ ।
आमाबाबाका शुभवचनले यो जगत् जित्न पाऊँ ।।-२

माता धर्ती हुन् सुन मनुज हो हुन् बुबा दैव पुज्ने।
छोरा छोरीका विविधजनका हुन् बडा मार्ग कोर्ने ।।
आशिष् वा माया अझ अमर होस् भन्न हाँसेर पाऊँ ।
आमाबाबाका शुभवचनले यो जगत् जित्न पाऊँ ।।-३

पाकाका राम्रा अनुभवहरू झन् अनौठा कथा छन् ।
आफ्ना प्यारामा अनुज सबमा प्रेमका शृङ्खला छन् ।।
सोझा ती हाम्रा यस मुलुकका वृद्ध वृद्धा हसाऊँ ।
आमाबाबाका शुभवचनले यो जगत् जित्न पाऊँ ।।-४

बाबा माताका दिल मगजमा देवको बास हुन्छ ।
साह्रै अप्ठ्यारो क्षण कहरको सङ्कटा दूर भाग्छ।।
चारै सीमामा मगमग हुने शान्तिको दीप बालूँ।
आमाबाबाका शुभवचनले यो जगत् जित्न पाऊँ ।।-५

०००
बट्टार, नुवाकोट । हाल: माछापोखरी, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x