साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफनि घाेल आफुइ धेकुन

साेझै धर्मराजकाे खातामा क्यू आर गरिदिन पाए उताकाे पनि काम बन्थ्याे । धर्मराजसित यदि कुरा मिलेन भने पनि बिचाैलिया चित्रगुप्त छँदैछ । सेटिङ्ग मिलाएपछि घिचाैलियाकाे नहुने के छ ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

कहिलेकाहीँ शङ्का लाग्छ आफैमाथि । मनमा प्रश्न उठ्छ – म भन्ने मान्छे म नै हूँ या अरू काेही ? म स्वाधीन छु या पराधीन ?

म स्वाधीन छु कसरी भनूँ ? जब म अनेक दायित्व र जिम्मेवारीबाट बाँधिएको छु । म मेरै परिवारभित्र घेरावन्दीमा छु । समाजकाे नजरबन्दमा । राष्ट्र र राष्ट्रियताकाे बिल्ला भिराइएकाे छ मैमाथि ।

के मसँग आफ्नै नाना, खाना र छानाकाे जाेहाे छ ? आफ्नै तानाबानाकाे गाना छ ? सुई, फुईमा मुई चुँइचुइँ गर्नुपरेकाे छ । वायु लिदा हाेस् या अपानवायु छाेड्दा कहिले निर्धक्क भएँ म ? छिमेकीको मुड हेरेर मेरा हरेक क्रिया गर्नुपर्छ भने म कसरी स्वतन्त्र ? कसरी स्वाधीन ?

मसँग मेरै मन त स्थिर छैन । मसँग मेरै इन्द्रियहरू वशमा छैनन् । मेराे मन कुख्यात छ । हन्तकाली मेराे मन केही गरी अघाउन जानेकाे छैन । भयाे अब पुग्याे भनेर रमाउन जानेकाे छैन । सन्ताेषम् परमम् सुखम् त केवल निर्धाहरू जिउने आधार हाे । मेराे मनले यहीँ भन्छ । किन पर्दा लगाउने ? मेरा आँखा लाेभी छन् । मन पापी छ । आफ्नै मनलाई तह लगाउन नसक्ने म कसरी स्वाधीन ?

म स्वाधीन छैन भन्नुकाे अर्थ लम्पसारवादी हुँदै हाेइन । बरू म हामपसारवादी हाे । खामपसारवादी हाे । नामपसारवादी म हुँदै हाे । ताक परे बामपसारवादी नपरे लामपसारवादी त म छु नै ।

अहँ पराधीन त म हुँदै हाेइन । म स्वतन्त्र छु । स्वाधीन छु । फुक्काफाल छु । स्वच्छन्द छु । म आफूले चाहेकाे खान,लाउन,पिउन सक्छु । मैले खाद्य, अखाद्य, पेय, अपेय सबै पचाउन सक्छु । पचाएका कुरा त्याग्न सक्छु । त्यागका केही अपवाद छन् । सबै कुरा कहाँ त्याग्न सकिन्छ ? पद, पैसा र प्रतिष्ठा ज्यान गए त्याग्न सकिदैन । र्याल , सिंगान खकार , मलमूल सबै बिकार त्यागमा मभन्दा अगाडि काे हुन सक्छ ?

मैले मेराे मलाई बचाउन दाउ लाउन सम्छु । जुँगा ताउ लाउन सक्छु । आफ्नो भाउ लाउन सक्छु । नाथे लुगा त के हाे र ? लाउन पनि सक्छु । नलाउन पनि सक्छु ।

आज मेरा अधिनमा विश्व छ । सारा जल ,जन्तु र मेरा अधिन छन् । मैले जसरी चाह्याे त्यसरी प्रयाेग गर्नु सक्छु । नदीका बहाव बदल्न सक्छु । वायुकाे वेग नियन्त्रण गर्न सक्छु । सूर्यका किरण कैद गर्न सक्छु । नाथे जीवजन्तू के कुरा ? यी त सर्कसका नाच भालु भइहाले ।

म केा हुँ भन्दा पनि काे हाेइन ? भनेर बुझ्दा राम्रो हुन्छ । मलाई सबैभन्दा नजिकबाट चिन्ने म नै हाे । त्यसै म नै भन्छु । म नै विश्व विजेता हाे । खगोल र भूगोल मेरै हाे । मसँग हिमाल हाेच्याउने तागत छ । तराईकाे फाँटलाई अग्ल्याउने आँट छ । देखेनाै ? पृथ्वीलाई कित्ता कित्तामा र बित्ता बित्तामा टुक्राएकाे । फिता लगाएर आफ्नो पाेल्टामा भित्राएकाे । राष्ट्र र राष्ट्रियताकाे नाममा मानिसलाई कसले रत्यायाे ? मैले हाेइन ?

कहिले साेच्छु घाेरिएर एक्लै एकान्तमा । खुला आकाश र खुला धर्तीमा जन्मिएको अनाथ म । दीन, हीन , असहाय , बबुराे प्राणी । जन्मिदा प्राकृतिक रूपमा नाङ्गो । आज पनि नाङ्गै छु । भाेलि पनि नाङ्गै हुनेछु । मभित्रकाे नाङ्गोपनलाई बस्त्र , अलङ्कर वा आभूषणले कदापि ढाक्न सक्दैन । बुझाइ यस्तै छ मेराे । बजारू बस्त्रले कसकाे सर्वाङ्ग कहिले ढाक्याे ? ढाक्या भए अर्धनग्न वा नग्नकाे उपाधि किन ?

निसङ्काेच म आफूलाई निर्लज्ज भन्न सक्छु । ममात्रै किन ? संसार निर्लज्ज छ यहाँ । लाज पचाएकाहरूकाे जगत हाे याे । जति बाँचेका छन् ती लाज पचेकाहरू हुन् । जति मरे लाज पचाएरै मरेका हुन् । कसले भन्न सक्छ ? – “काम,क्राेध, लाेभ, माेह, मद, मात्सर्य र मायाबाट मुक्त छु ? विषय वा वासनाबाट पर छु । आशा, आशक्ति र आशङ्काभन्दा भिन्न छु ।”

चेतन, अर्धचेतन र अचेतन तीन तीनवटा मनहरूकाे मनुवा म । मनहरूबाटै शासित छु । मलाई थाहा छ आफू चेतन र अचेतन मनकाे अन्तरद्वन्द्वबाट गुज्रिएको कुरा । यी द्वय मनकाे अन्तरद्वन्द्वबाट आफूलाई मध्यमार्गी बनाउन खाेज्नु केवल चेष्टा बाहेक केही हाेइन । बिचराे अर्धचेतन ! सधैं चपेटामा छ । चेतन र अर्धचेतनकाे पेलाइमा ।

किन ढाट्नु पर्याे ? ममा दम्भ, अहङ्कार र अभिमान छ । घमण्डले भरिपूर्ण र परिपूर्ण छु । सबैले मानाेस् भन्ने चाहना मलाई छ । अरूभन्दा उच्च ठानाेस् भन्ने भावना छ । शासित हुन कसलाई पाे रहर लाग्छ हाेला ? शासक बन्ने माैका पाए चाैका हान्न हरकाेही हतारमा हुन्छ ।

मेराे राजनीतिमा कुनै कुरा असम्भव छैन । मलाई केन्द्रविन्दुमा राख्दा आफ्नै बालाई फाल्न सक्छु । आफन्तलाई भङ्गालाेमा हाल्न सक्छु । हैन र छैन भनेर टाल्न सक्छु । बिद्राेहकाे आगाे बाल्न सक्छु । सम्झाैता नै गर्नुपरे गाेडामुनि छिर्ने चाल चाल्न सक्छु ।किनकि मैले विश्व ईतिहास राम्रैसित बुझेकाे छु । चाहे त्याे धर्मकाे आडमा हाेस् चाहे शक्तिको उन्मादमा । संसार यसैगरी चलेकाे छ ।

अहम् ब्रह्मस्मि । म नै ब्रह्म हाे । म बाहेक अर्काै कुनै ब्रह्म छैन । परब्रह्म छैन । मैले जति याे संसारलाई बुझ्ने काेही छैन । न कसैसँग ज्ञान छ । न ध्यान छ । केवल ज्यान मात्रै भएर के गर्नु ? तत्वज्ञान नभएपछि । त्यसैले मेराे प्राणमा सास रहेसम्म कसैले विरासत खाेस्ने धृष्टता पनि नगराेस् । मेराे मलाई जीवनपर्यन्त कायम राख्नु छ मैले । घाटमा खाक भएर अस्तु नसेलाउञ्जेल प्रशस्ती र जयगान खानु छ मैले । यदि अर्काे कुनै लाेक छ भने परलाेकसम्म मेराे मलाई लानु छ मैले ।

कसले भन्छ कात्राेमा खल्ती हुँदैन ? कात्राेमै खल्ती किन चाहियाे ? इ सेवा , आइ.एम.इ , खल्ती , आदि अनेकौं सेवा भित्रिइसके । ए बाबा ! क्यू. आर.काे जमाना हाे याे । कपडाका खल्तीका जमाना गए क्या ! अब त चल्तीका जमाना आए । क्यास बाेकेर हिँड्नु पर्दैन । यताकाे खेलाे सकिएपछि उता मेलाे गर्नु पर्याे । यसका लागि पनि त खल्ती दह्रो हुनुपर्याे । साेझै धर्मराजकाे खातामा क्यू आर गरिदिन पाए उताकाे पनि काम बन्थ्याे । धर्मराजसित यदि कुरा मिलेन भने पनि बिचाैलिया चित्रगुप्त छँदैछ । सेटिङ्ग मिलाएपछि घिचाैलियाकाे नहुने के छ ?

जसले जेजे भने पनि आफ्ना लागि आफैले गर्नुपर्छ । अर्काकाे बुद्धिमा चल्नेहरू कि त भाेकै पर्नु पर्छ । कि त अकालमा मर्नुपर्छ । जिसका लाठी उसका भैंस भनेकाे त्यसै हाे र ? तरुनी/ तन्नेरीकाे के काम ? बैँस गएपछि । त्यसैले म निर्धक्क भन्छु – आफनि घाेल आफुइ धेकुन । म म नै हूँ । मेरा लागि म सर्वश्व हाे । सर्वश्रेष्ठ हाे । सर्वशक्तिमान हाे ।

०००
२०८२।०९।२९
रेसुङ्गा न पा २ गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
दबाई कि सवाई

दबाई कि सवाई

रामप्रसाद पन्थी
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x