साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभेद्य किल्ला

आँधी र तुफानभन्दा पनि महाशक्तिशाली भूकम्पले एकसाथ चूर्ण नभएसम्म वा समग्रतामा डढेलो नलागेसम्म विश्वासको जगमा इतिहासको अभेद्य किल्ला कसरी निर्मित हुन्छ ?

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

न बिर्सन सकिन्छ हत्या हिंसा
न मूर्तिहरूको चोरी न लाउडा धमिजा
न यति ओम्नी न ललिता निवास
नगरिदिनु स्टेट न भुटानी शरणार्थी खरिद बिक्री
न एनसेल प्रकरण
विगतदेखि वर्तमानसम्मका
सारा यी काण्डैकाण्ड बिर्साएर
सुन्ने सहनशीलतामा आउने
यहाँ कुन प्रणाली छ ?
बताउनुहोस् महोदयहरू !
नाराजुलूस पनि व्यापारिक विज्ञापन हुन थालेपछि
कुन आन्दोलन र कुन क्रान्तिले
जीवनको दशा फेरिन्छ ?
समाजकाे दिशा बदलिन्छ !

आशाहरू तुहिंदै र सपनाहरू भत्किदै गएपछि
कुन योजनामा फलीभूत हुन्छ र !
सङ्घर्ष पनि कुन उद्देश्यले अघि बढ्न सक्छ
जो चट्टानमै ठडिएका अभिमानहरू
आँधी र तुफानभन्दा पनि महाशक्तिशाली
भूकम्पले एकसाथ चूर्ण नभएसम्म
वा समग्रतामा डढेलो नलागेसम्म
विश्वासको जगमा इतिहासको
अभेद्य किल्ला कसरी निर्मित हुन्छ ?

०००
कविता क्षितिज (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x