साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम इच्छा

याँ आफूलाई भने मन्त्रीको पदमा बसेरै मर्न मन छ । त्यतिमात्र कहाँ हो र, मेरो वश चल्ने हो भने म मरेपछि पनि मेरो अस्थिपञ्जरलाई मन्त्रीको कुर्सीमा राखेर भए पनि देश चलोस् भन्ने लाग्छ ।

Nepal Telecom ad

परशुराम पराशर :

“हजुरबा अब आउने चुनावमा तपाईं नउठ्नुस् । अब त नयाँपुस्तालाई उठ्न दिनुस् क्या । तपाईं चुप्प लागेर बस्नुस् ।” दिनेशले हजुरबालाई भन्यो ।

“अँ तैँ नाथेले भनेर म चुप लागेर बस्छु नि । याँ आफूलाई अझै एकदुईचोटि मन्त्री हुन मन छ ।” बुढाले भने ।

“हैन, ए हजुरबा तपाईंले मात्र मन्त्री खाएर हुन्छ ? बुबा, काकापछि दाइहरूको पालो कहिले आउला ? उनीहरूपछि हामीलाई पनि मन्त्री हुने रहर पूरा गरौँला भन्ने छ । अब त भएन है ।” दिनेशले कुरा राख्यो ।

“चुप लाग् । सानो मान्छे भएर धेरै नबोल् ।” बुढाले खोक्दै भने ।

“अब पनि के मन्त्री हुन्छु भन्नुभएको त । काम गर्न भने सक्नुछैन । बोल्दा पनि के के बर्बराउनुहुन्छ । न बोलेको बुझिन्छ न कान राम्ररी सुन्नुहुन्छ । औषधीको भरमा बाँच्नुभएको मान्छेले देश चलाउँछु भन्ने नै होइन नि । अब त हरिभजन गाएर जीवनको उत्तरार्ध बिताउनुस् क्या ।” दिनेशले भन्यो।

“याँ आफूलाई भने मन्त्रीको पदमा बसेरै मर्न मन छ । त्यतिमात्र कहाँ हो र, मेरो वश चल्ने हो भने म मरेपछि पनि मेरो अस्थिपञ्जरलाई मन्त्रीको कुर्सीमा राखेर भए पनि देश चलोस् भन्ने लाग्छ ।” बुढाले आफ्नो अन्तिम इच्छा सुनाए।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
कालो कपाल

कालो कपाल

परशुराम पराजुली
0
Would love your thoughts, please comment.x
()
x