चट्याङ मास्टरदेशको नेता बन्ला कि भन्ने डर लाग्छ
यिनलाई समातेर झ्यालखान हाल ! भन्न त मन लाग्छ तर निस्किएर पछि देशको नेता बन्छ कि ? डर लाग्छ

विद्या कसम, आमा ! अब म स्कुल जाने छैन,
झ्यालखान जाने मौका पाए छोड्ने छैन,
पच्चिस वर्ष स्कुल, कलेज र विश्वविद्यालय धाउने ले के पाए ?
चौध वर्ष झ्यालखान बस्न पाए, प्रधानमन्त्री पाउन बेर छैन !
सरकारले भ्रस्टाचारीलाई भटाभट समाउन लाग्यो,
झ्वाट्ट सुन्दा मलाई पनि शुरुमा त खुब खुसी लाग्यो
सातो त त्यतिबेला गयो, जब तिनलाई झ्यालखान पठाउन लाग्यो
बुझें, सरकार त भविष्यका लागि नयाँ नेता पो बनाउन लाग्यो !
धन्न केही बलात्कारी र हत्याराहरु अझै घुम्दै छन् शहरमा
अपराध गर्दैछन झ्यालखान जाने रहरमा
यिनलाई समातेर झ्यालखान हाल ! भन्न त मन लाग्छ
तर निस्किएर पछि देशको नेता बन्छ कि ? डर लाग्छ ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































