साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली गुण्डो

ऊ मानौं बिजेताको छडी घुमाएर सडक मेै शासन गर्दछ । मानौं उसको काम आफू सिंंगारिनु र दुनियाँको काम उसको तारीफ गर्नु मात्र हो ।

Nepal Telecom ad

हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुण्डो भन्छौं बोपन नं गुण्डोको प्रधान लक्षण हो । उसलाई माफू सिंगारिनुभन्दा सूक्ष्म कला कहीँं छैन । दुनियाँका नजरमा छाँटकाँट रङ्ग योग्यता दावा राख्दछ । ऊ भौतिकवादी छ । बाह्य आकर्षणले आाकर्षित हुन्छ र बोको नजरहरूलाई नाकर्षण गर्दछ । ’म’ जस्तो राम्रो उसलाई केही छैन । ऊ दुनियाँमा आफ्नो विज्ञापन जाहेर गर्दछ । ऊ सामुसम्म पनि आउन सक्दैन । बस्तछ खोलमा नै । धाकी रङ्गहरू उसलाई प्यारा छन् । ऊ मानौं बिजेताको छडी घुमाएर सडक मेै शासन गर्दछ । मानौं उसको काम आफू सिंंगारिनु र दुनियाँको काम उसको तारीफ गर्नु मात्र हो । प्रशंसाले उसको नाक फुल्दछ । पैसाभन्दा उसलाई ठूलो केही छैन । ऊ चार पैसा कमाउँछ तर चार सय खर्च गर्नको रवाफ अपरिचित जनहरूअगाडि देखाउँछ ऊ झगडामा पनि उत्तिकै अग्रसर छ र छक्कापञ्जाका सांंग्रा चातुरीहरूलाई जीवन भन्दछ । उसका सुधारलाई संसारै छैन । उसका मुस्कानहरू पछाडि छरिरहेका हुन्छन् । ऊ डरलाग्दो जन्तु हुन्छ । उसलाई स्वार्थभन्दा मीठो ध्येय दुनियाँमा छैन । ऊ खालि कमाउन, बलले मिच्नमा र देखाउनमा छ ।

उसलाई स्वीजातिको सतीत्व त्यत्तिको कदर गर्न लायक छैन । सौन्दर्यलाई आफ्नै भोगका निमित्त सम्झन्छ । उसको सिद्धान्तमा पवित्र दूधको दखल कट्टर को बोक्रेपन हो । ऊ छल हो र छकावटले छोपिएका कुराहरुलाई सत्य मान्दैन । दुनियाँको आँखा छल्न पाए भोलानाथ अन्धा भन्ने उसको सिद्धान्त छ । ऊ मासु उपासक हो न कि आत्माको चाहनाको । समय मात्र उसलाई प्रेमको समय छ । ऊ पाशविक निरुंत्तर दायित्वमा खालि मजा खोज्दछ र लहडमा जीवन बिगारिदिन्छ । ऊ खालि भमरो होइन, माखो हो । बिगार्नु र सपार्नुं उसका सूक्ष्म कला छन् । ऊ सतीको भयकर परीक्षा हो र मामूली स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई विरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरा र गलाइको दशा दिएका छन् ।

तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको शासन हुन्छ । बनियालाई र लडाकालाई जितबाजी छ र पोथीहरू भालेका बलको परीक्षा लिन जन्मिएका थिए । उसको अन्तःकरण ठीक पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । दुई या दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उहीचाहि पारितोषिकको विजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिमिरे झल्किन्छ र ऊ छलको ज्यादा प्रशंसा गर्दछ । ऊ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा हिँडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमीली र नाजनखराको उपासक छ । तर उही दिनको उज्यालो रङिलो सभ्यताको विज्ञापन झैं दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्, सुधा उसका आकर्षणमा फस्छन् र बदमाशहरू नवकल गर्दछन् ।

वेश्याहरू उसको पैसा धुत्न चाहन्छन् र झूटा नखराले उसका प्रेमी बन्दछन् । त्यहाँ केही दिब्य प्रेमको मिठास छैन खालि बोक्रेपन छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने सा साध्वीहरूको पवित्र मूर्तिअगाडि पनि त्यही मपाई मोहनीको आकर्षण पवित्रताको आत्मा बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा रहन्छ । तर साध्वीको आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन् जहाँ गुण्डो माफूलाई मोहनको मोहनी भन्ने सम्भन्छ ।

भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो परिवर्तनशील संसारमा कति नीचापनको चिन्ह हो, बुझ्नेले बुझ्दछन् । हामो उसका क्षणिक भोगहरुलाई नफरतका नजरले हेर्दछौं । ऊ महमा लटपटिइरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन् । उसमा मलाई मोहनीको अहङ्कार बसेर आँखा खोल्न दिँदैन । सत्यको स्पर्श पाए ऊ बाकूलाई कति घृणा गर्दो होला । ऊ आफ्नो अारात्मालाई अन्याय गरिरहेछ । उसका आध्यात्मिक शक्तिहरू सङ्गठित हुन सक्तैनन्, छरिन्छन् । सांग्रा ताक र सस्ता नापमा चलिरहेछ । ऊ आफ्नो अन्तर्दुगतिताई रङिलो मिथ्वाले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं किनकि त्यसभन्दा पापी विकार र अहम्मानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा आफ्नो मोज सम्झन्छ त्यसमा सत्यको होश रहनु मुश्किल छ तर ऊ पछि थाहा पाउँछ- घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको मनले बुझ्दछ । भौतिकवादका आडम्बरहरु प्राणानानका अवस्थामा उठ्तछन् र ऊ पनि आखिर ’हे भगवान्’ को आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस बेला थाहा पाउँछ— पोशाक बोक्रो हो; रङ छोक्रो हो । मासु र मूर्ति परिवर्तनशील मिथ्या हुन् र एउटा सत्य भन्ने आत्मा मात्र दुनियाँ सत्य हो ।

तर कोही कोही गुण्डाहरू सुधारशील हुन्छन् । धेरै संसारका प्रमुख प्रतिभाहरु अगाडि गुण्डा रहेका थिए । यही जीवनमेै सुध्रिए भने तिनीहरू संसारका पूज्य, उपास्य देवता बन्न जान्छन्— कोहीकोही दुष्टान्तमा । वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ । अनि सत्यको मोहनी लागेपछि ती सब बोक्रे चातुरीहरू र शृङ्गारकला आत्माको सच्चा मोहनीतिर लाग्दछन् । अनि तिनीहरू खोक्रा हुँदैनन्; खँदिला हुन्छन् ।

लक्ष्मी निबन्ध सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढे

साँढे

लक्ष्मीप्रसाद देवकोटा
हास्य रस

हास्य रस

लक्ष्मीप्रसाद देवकोटा
जुँघा

जुँघा

लक्ष्मीप्रसाद देवकोटा
प्रभुजी, भेंडो बनाऊ

प्रभुजी, भेंडो बनाऊ

लक्ष्मीप्रसाद देवकोटा
कविराजको च्याङ्ग्रे खच्चर

कविराजको च्याङ्ग्रे खच्चर

लक्ष्मीप्रसाद देवकोटा
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x