साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसको भक्ति उसको शक्ति

ईश्वरभन्दा नेता के कम ? चलायमान पत्यक्ष झन् ईश्वरले नसक्ने काम नेताले गर्न सक्दछन् हृदयस्थ भए ईश्वर नेता झन् शीर्षस्थ छन् ।

Nepal Telecom ad

हरे राम हरे राम राम राम हरे हरे !
हरे नेता हरे नेता नेता नेता हरे हरे !

भक्तिले मिल्दछ शक्ति त्यसैले भक्त बन्दछन्
भक्तिबाटै सबै प्राप्ति गर्नमै भक्त व्यस्त छन्
देशका यी सबै भक्त दुई गुटमा विभक्त छन्
नेताका भक्त छन् कोही कोही ईश्वर भक्त छन्

समर्पण भावमा भक्त कोही मन्दिर कोही घरघर
कतै ब्रिफकेस कतै थाली पूजा अर्पण तत्पर
आ-आफ्नो भक्तिभावपूर्ण भजनमा भक्त व्यस्त छन्
यिनै भक्तहरूकै भरमा नेता ईश्वर मस्त छन् ।

हरे राम हरे राम, राम राम हरे हरे !
हरे नेता हरे नेता नेता नेता हरे हरे !

ईश्वरभन्दा नेता के कम ? चलायमान पत्यक्ष झन्
ईश्वरले नसक्ने काम नेताले गर्न सक्दछन्
हृदयस्थ भए ईश्वर नेता झन् शीर्षस्थ छन्
कम्तीमा एक फुट माथि नेता प्रस्ट सशक्त झन् ।

आफूभन्दा नेता उच्च देखी ईश्वर त्रस्त छन्
तेत्तीस कोटी भए देउता नेता चौतीस कोटी झन्
भजन बेग्लै प्रसाद बेग्लै भक्तिभाव समान छ
तीर्थ बेग्लै पुराण बेग्लै कर्मकाण्ड समान छ ।

हरे राम हरे राम, राम राम हरे हरे !
हरे नेता हरे नेता नेता नेता हो हरे !

बत्तिसपुतली, काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x