साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म फेरि आउने छु आमा !

अब तिमीले कोमलताभित्रै कठोरता सिकाउनु पर्छ किनकि मैले तिम्रो आँसुको सागर सुकाउनु छ ।

Nepal Telecom ad

नरोऊ आमा
तिमी बिल्कुल नरोऊ
तिमी सहनशीलताकि पर्याय हौ
पृथ्वीकी उपमा, यो आकाश हौ तिमी
तिम्रो आँखामा आँसु सुहाउँदैन, आमा
तिमी रोएको बिल्कुल सुहाउँदैन ।

रुनु भनेको त कम्जोरी हो
आत्मा समर्पण हो, आत्मा जलन हो
आत्मा दहन हो, तिमी रुनु हुँदैन
तिमी रोएको बिल्कुल सुहाउँदैन आमा ।

धेरै रोइसकेकी छौ
युगौँ रोएरै त बिताएकी हौ
भररात बलिन्द्र धारा बगाउँछ्यौ
तिम्रै आँसुले बनेको हो, लाग्छ पानीको भाग ।

तिमी योग माया हौ, आमा
तिमी पारिजात हौ, तिमी पासाङ हौ
तिमी निर्मला अस्मिता र भारती हौ
तिमी क्लारा, तसलिमा, मार्गरेट थ्याचर हौ ।

तिमीसँग सहनशक्तिको अथाह भण्डार छ
तिमीमा सहनशक्तिको लामो इतिहास छ
अनगिन्ती बलिदानी छ क्षमाशीलताको
तिमी सिकाउँथ्यौ, सहनु पर्छ
सहेको कही जाँदैन नानी
त्यही भएर युगौँदेखि अबिराम सहँदै आयौं
सहनसिलता, सहिष्णुता, क्षमाशिलता दान गरिरह्यौ ।

मान्छे थियौ र मानवता सिकायौ
सद्भाव सिकायौ, श्रम सिकायौ
जुन आधारभूत कुरा हुन्
बाँच्नुका पर्याय हुन् ।

कठोरहरू माथि कोमल बन्यौ
सहयोगी बन्यौ, दानी बन्यौ
मातृत्व दियौ, भातृत्व दियौ
र त्यस्तै अपेक्षा गर्‍यौ
तर तिमीप्रतिको हेराइ
हर काल हर समय हर प्रहर उपभोग्य बन्यो
उपभोगको साधनको रुपमै हेरियौ
फोटो पुजियौ, छाया पुजियौ
अहँ, साक्षात देबी तिमी पुजिन सकिनौ, आमा ।

तिमीले फूल दिँदा काडा उपहार पायौ
तिमीले सिकाएका सहनशीलता, मित्रता क्षमशीलता
कोमलता प्रेमको परिणाम हो ,सायद
अठार महिने मेरो बलात्कार र हत्या
सायद तिम्रो अति कोमलता सरलताको
पराकाष्ठा हो मेरो हत्या
तिमीले मलाई सिकाएको “हुँदैन र सक्दिन”को
प्रतिफल हुनसक्छ, मेरो मृत्यु
सधैँ तिमीले सोचे जस्ता दिन नहुँदारहेछन् आमा
अब तिमीले कोमलताभित्रै कठोरता सिकाउनु पर्छ
किनकि मैले तिम्रो आँसुको सागर सुकाउनु छ ।

युगौदेखि तिम्रो आँसुको तालबाट
उठेको जलवास्प हुँ म
उडेकी छु आकाश मार्ग हुँदै मा …थि माथिसम्म
र भेटेकी छु
निर्मला, सुस्मिता, भारतीहरूलाई
अत्याचारले आकाश ढाकेको यस समय
म आउँछु आमा, म आउँछु,
हावा बनेर आउनेछु, आँधी बनेर आउने छु
बर्षाद बनेर आउने छु, म घाम बनेर आउने छु
महामारी बनेर आउने छु
सुनामी, भूकम्प वा ज्वालामुखी बनेर आउनेछु ।

लागेर चर्को घाम सुकाउनेछु तिम्रो आँसुको ताल
चट्याङ बज्रनेछु नरभक्षीहरूका शिरमा
आँधी बनेर उडाउनेछु धर्तीको बिकृत प़mोहोर
बर्षाद बनेर बगाउने छु कुरुप मानसिकता ।

र धर्तीमा राम राज्य बनाउने छु
बुद्धको शान्ति फैलाउने छु
यो माटो धर्तीको भूस्वर्ग बनाउन
म फेरि आउने छु आमा
नरोऊ, म फेरि आउने छु ।

२०७८/१२/०३
बेलबारी, मोरङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
म आधुनिक मान्छे

म आधुनिक मान्छे

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
आमा बनेको दिन

आमा बनेको दिन

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x