साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उद्योग नखोल, पार्टी खोल

तँ प्रविधि आयात गर्लास्, ऊ राजनीति आयात गर्छ तँ नमुना विदेशी सामान देखाउलास्, ऊ नमुना विदेशी नेता देखाउँछ ।

Nepal Telecom ad

तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ
तँ बैंक ऋण लेलास्, ऊ चन्दा-फिरौती लिन्छ
तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ
तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्छ
ए बाबु ! कुरो बुझ है, उद्योग नखोल, पार्टी खोल ।

तँ प्रविधि आयात गर्लास्, ऊ राजनीति आयात गर्छ
तँ नमुना विदेशी सामान देखाउलास्, ऊ नमुना विदेशी नेता देखाउँछ
तँ भएका नीति नियम मानौं भन्लास्, ऊ नीति कानुन फेरौं भन्छ
तँ उद्योग बलियो बनाऊँ भन्लास्, ऊ पार्टी बलियो बनाऊँ भन्छ
जनतालाई धनी बन्न को दिंदैन ? बुझ है, उद्योग नखोल, पार्टी खोल ।

तँ कर्तव्यका कुरा गर्लास्, ऊ अधिकारका कुरा गर्छ
तँ काम सिकाउलास्, ऊ सिद्धान्त सिकाउँछ
तँ अनुशासन खोज्लास्, ऊ त्यसमा दमन र दासत्व भेट्छ
तँ व्यक्ति व्यवस्थाका कुरा गर्लास्, ऊ राज्य व्यवस्थाका कुरा गर्छ
ए बाबु, घुस र करको चेपुवामा मर्लास् है, उद्योग नखोल, पार्टी खोल ।

तँ उत्पादन बढाऊँ भन्लास्, ऊ आन्दोलन चर्काऊँ भन्छ
तँ काम गर्न बोलाउलास्, ऊ जुलुसमा उफ्रन बोलाउँछ
तँ सामान निर्यात गर्ने भन्लास्, ऊ श्रमिक निर्यात गर्छ
तँ विदेशीसँग प्रतिस्पर्धा गर्लास्, ऊ विदेशीको चाकडी गर्छ
ए बाबु, जे जे सिद्धान्त पढिस् बिर्सिदे है, उद्योग नखोल, पार्टी खोल ।

तँ आफूलाई उद्योगी भन्लास्, ऊ तँलाई गरिबमारा शोषक भन्छ
तँ मानिसलाई क्षमताअनुसार वर्गीकृत गर्लास्, ऊ सबै समान भन्छ
तँ मजदुरमा जात, वर्ग, लिङ्ग विभेद नदेख्लास्, ऊ त्यही देख्छ
तँ २०८०, ९० र २१०० का कुरा गर्लास्, ऊ २००७, १७, ३६, ४६ र ६२ का कुरा गर्छ
कामलाग्ने सिद्धान्त सिक्न आमसभा-जुलुसमा जानेगरेस है, उद्योग नखोल, पार्टी खोल ।

तँ सबैको गाली खालास्, ऊ सबैको ताली खान्छ
तँ आफ्नो उद्योगमा ताला देख्लास्, ऊ आफ्नो गलामा माला भेट्छ
तँ टाट उल्टिएलास्, ऊ धनाढ्य पल्टिएला
तँ खोरमा बस्लास्, ऊ दरबारमा बस्छ ।अनि तेरो बुद्धि फिर्ला-
तँ उसको कार्यकर्ता बन्नैपर्ने अवस्था होला, ऊ तेरो नेता बन्ला
तँ पार्टीको बँधुवा मजदुर बन्लास्, ऊ तेरो मुक्तिदाता सामन्त बन्ला
तँ सडक तताउलास्, ऊ कुर्सी तताउला
तँ अज्ञात सहिद बन्लास्, ऊ महान् नेता बन्ला
जनता गरिब र आफू धनी हुने बाटो हिंड है बाबु, उद्योग नखोल, पार्टी खोल ।
भनेको मान है बाबु, उद्योग नखोल, पार्टी खोल ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x