साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारले नगर्नु गर्छ

तर यो कुरा भन्न सजिलो छ, गर्न गारो पर्छ नैतिक शिक्षा पढाउने गुरु विदेशबाट झिकाउनु पर्छ कसैले पढिनै हाल्यो भने पनि त्यसले त्यही रूख मरे झैं मर्नु पर्छ भ्रष्टाचारले यस्तो नगर्नु गर्छ ।

Nepal Telecom ad

चट्याङ मास्टर :

सौचालय मात्रै रह्यो बाँकी
जहाँ जाने बित्तिकै आफ्नो काम हुन्छ
किन भने, न त्यहाँ कुनै दर्ता चलानी,
न बाहिर बोर्डमा नाम हुन्छ ।

दर्ता चलानी त माझीको जाल जस्तै
सेवाग्राहीको त्यो काल जस्तै
झन् बाहिर नेम प्लेट पनि टाँस्यो भने
विवेक र नैतिकताको त्यो बधशाला जस्तै ।

भ्रष्टाचार त यस्तरी फैलिएछ
मान्छेबाट यो रोग त कुकुरमा पनि सर्न थालेछ
तिन महिना जति भएको थियो पानी नपरेको
कुकुरले त रुखको फेदसँग घुस माग्न थालेछ ।

मानिसको कानुनले भ्रष्ट कुकुर थुन्न मिलेन
रुखले फल फलाएर दिन्छु भन्यो,
तर कुकुर त हाड नभई मानेन
आखिर कुकुरले जे गर्नु थियो, अन्तै गर्यो
एउटा फलदाई रुख सुकेरै मर्यो
भ्रष्टाचारले यस्तो नगर्नु गर्यो ।

त्यसैले, भ्रष्टाचार गर्नु हुँदैन
मैले छोरालाई यो ज्ञान दिएको दिनदेखि
मेरो छोरो स्कुल नै जाँदै जाँदैन
भन्छ–
भ्रष्टाचार त शिक्षितले मात्र गर्ने कुरा हो
अशिक्षितले त गर्ने मौका नै पाउँदैन
त्यसैले
भ्रष्टाचार गर्नु नै छैन भने स्कुल जान पनि पर्दैन ।

तर्क त मान्नु पर्छ, भ्रष्टाचार रोक्न जान्नु पर्छ
भ्रष्टाचार रोक्न
भ्रष्टाचार निवारण आयोग खोलेर हुँदैन
शिक्षा निवारण आयोग खोल्नु पर्छ
देशका सबै शिक्षण संस्था बन्द गर्नु पर्छ
होइन भने तिनमा नैतिक शिक्षा पनि पढाउनु पर्छ ।

तर यो कुरा भन्न सजिलो छ, गर्न गारो पर्छ
नैतिक शिक्षा पढाउने गुरु
विदेशबाट झिकाउनु पर्छ
कसैले पढिनै हाल्यो भने पनि
त्यसले त्यही रूख मरे झैं मर्नु पर्छ
भ्रष्टाचारले यस्तो नगर्नु गर्छ ।

०००
बत्तिसपुतली, काठमाडौं
वि.सं. २०७० मङ्सिर २१ गते पहिलाे पटक प्रविष्ट भएकाे थियाे

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
krishna bause
krishna bause
1 year ago

सुन्दर व्यंग्यबाण।

मेघराज पौड्याल
मेघराज पौड्याल
1 year ago

चट्याङ मास्टरको आँखाको भष्टाचार व्यङ्ग्य सारै घतलाग्दो झटारो !! संसारमा भष्टाचार गर्न पढाइन्छ तर सदाचार पढाइँदैन!!

Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

१) कविता लेखियोस् त यस्तो लेखियोस् ।
२) नैतिक शिक्षाले भ्रष्टाचार रोक्छ भन्ने समझमा भने मेरो असहमति छ । भ्रष्टाचार राज्यले रोक्ने हो, राज्यका संयन्त्रले रोक्ने हो । परिवारले नैतिकताका बारेमा जति दह्रो शिक्षा दिन सक्ला, त्यति विद्यालयले सक्दैन । व्यक्तिको जीवनमा सबैभन्दा रचनात्मक प्रभाव पार्ने परिवार नामको संस्था भ्रष्टाचारलाई दुत्कादैन । त्यसैले राज्य दह्रो नभईकन भ्रष्टाचार न्यूनीकरण हुँदैन ।
३) यो कविता कुन संग्रहमा संग्रहित छ ?

Nepal Telecom ad
3
0
Would love your thoughts, please comment.x
()
x