लक्ष्मण गाम्नागेउस्तै उस्तै लाग्न थालेको छ
मलाई उस्तै उस्तै लाग्न थालेको छ अदालत हुनु र जुवाघर हुनु संसद हुनु र खसी बजार हुनु नागरिक हुनु र अवला हुनु राष्ट्रप्रमुख हुनु र तबला हुनु उस्तै उस्तै लाग्न थालेको छ ।

अचेल मलाई अनौठो अनौठो लाग्न थालेको छ
कुनै अज्ञात रोगले भित्रभित्रै गालेको छ
कविता पढ्नु र कुवामा भ्यागुतो कराउनु
व्यङ्ग्य गर्नु र पानीमा अधोवायुको अर्थ हराउनु
उस्तै उस्तै लाग्न थालेको छ ।
मलाई उस्तै उस्तै लाग्न थालेको छ
देश हुनु र कमण्डलु हुनु
सरकार हुनु र बाँदरको पुच्छर हुनु
उस्तै उस्तै लाग्न थालेको छ
संविधान हुनु र जाली तमसुक हुनु ।
संविधान हुनु र जाली तमसुक हुनु
नेता हुनु र ठग हुनु
मन्त्री हुनु र दलाल हुनु
समृद्धि आउनु
र स्यालको सिङ् पाउनु
उस्तै उस्तै लाग्न थालेको छ ।
मलाई अचेल उस्तै उस्तै लाग्न थालेको छ
राष्ट्रवादी हुनु र शकुनि हुनु
क्रान्तिकारी हुनु र शिकारी हुनु
राजदूत हुनु र भिखारी हुनु
मुख्यमन्त्री हुनु र धोबीको कुत्तो हुनु
बुद्धिजीवी हुनु र नेताको जुत्तो हुनु
उस्तै उस्तै लाग्न थालेको छ ।
मलाई उस्तै उस्तै लाग्न थालेको छ
नेताहरूको एकता र ढाडे बिरालाहरूको बैठक
घोषणापत्रको पुस्तिका र ट्वाइलेट पेपरको रोल
भूतपूर्व प्रधानमन्त्री र काम सकिएको डाइफर ।
मलाई उस्तै उस्तै लाग्न थालेको छ
अदालत हुनु र जुवाघर हुनु
संसद हुनु र खसी बजार हुनु
नागरिक हुनु र अवला हुनु
राष्ट्रप्रमुख हुनु र तबला हुनु
उस्तै उस्तै लाग्न थालेको छ ।
मलाई उस्तैउस्तै लाग्न थालेको छ
प्रधानमन्त्री हुनु र डनहरूको नाइके हुनु
न्यायाधीश हुनु र क्यारेमको गोटी हुनु
सल्लाहकार हुनु र गोबरको रोटी हुनु
उस्तैउस्तै लाग्न थालेको छ ।
दल फेर्नु र पानी गन्जी फेर्नुु
मलाई उस्तै उस्तै लाग्न थालेको छ
दल फेर्नु र पानी गन्जी फेर्नुु
गुट बदल्नु र अण्डरप्यान्ट बदल्नु
उस्तै उस्तै लाग्न थालेको छ ।
कविता पढ्नु र बर्बराउनु
व्यङ्ग्य गर्नु र बहुलाउनु
मलाई उस्तै उस्तै लाग्न थालेको छ
अचेल मलाई अनौठो अनौठो लाग्न थालेको छ ।
सितलपाखा, कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest

































