सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मस्तले भाउ ठोक्ने हो

हामी त ब्यापारी न हौं एक हात दिन्छाैं दश हातले लुट्छौं त्यत्रो पैसो खर्चेर त्यसै कहाँ छोड्छौ ?

Nepal Telecom ad

तिमीले नोट लिएर भोट दिँदा
धनी बन्छु भनेको हौला
के म छु र, त्यस्तो बौला ?
अब ग्यास, तेल, दाल किनेर हेर न
बजार भाउ बुज्दा पनि तनाव हुन्छ
नुन तेल किन्दा पनि
तिम्रो हालत पहिलेको भन्दा खराव हुन्छ
हामी त ब्यापारी न हौं
एक हात दिन्छाैं दश हातले लुट्छौं
त्यत्रो पैसो खर्चेर त्यसै कहाँ छोड्छौ ?

अर्को चुनाव आए फेरि भोट किन्छौं
त्यसको दुई गुणा यसरी नै लिन्छौं
अब त चुनाव पनि सकियो
न हारिने डर, न जनता टारिने डर
न आन्दोलन गरेर चुनाव सारिने डर

बजार भाउ त अझै मस्तले बढाउने हो
जनतालाई झन झन गरिव बनाउने हो
हामीलाई गरिब जनता चाहिन्छ
गरिब जनतालाई नोट चाहिन्छ
धनीसित भोट किन्न कहाँ पाइन्छ ?

अब त ग्यास, तेलमा मात्र हैन
हरेक मालमा मस्तले भाउ ठोक्ने हो
हामीलाई त के फरक पर्छ र ?
टोके जिब्रो जनताले टोक्ने हो ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
नेता

नेता

प्रेम ओली ढकलपुरे