साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँले गुण्डा

Nepal Telecom ad

कपाल चारैतिर चट्ट काटी

पानी लगा सब त्यो तलासी

ना लि ँ गरी ठ दाँत

जिभ्रो गिजा जाँचि पुछेर हात

 

जुँगा मुसारी मुखमा चुरोट

च्यापी डटेको नकटो छ कोट

मोजा कलेजी सुरूवाल सेतो

कमीज नीलो पटुका पहेंलो

 

चस्मा हरियो गलेबन्द जाली

जुत्तामहाँ खुब् टल्कन्छ काली

टोप्रेलको टोपी ढलक्क ढाली

रूमाल रातो मुखमा छ लाली

 

ठाडो शिकारी खुकुरी भिरेर

छड्के टिको लाइ पिठो घसेर

कर्क्याइ अँखा मुखमा सुपारी

चपाउँदै रङ्ग परेर भारी

 

गालामहाँ चट्ट लगाइ हात

थर्काउँछन् मण्डली भै समाज

यस्तो मजाको नकली मयूर

अहा !! बनूँ है म पनि हजूर !

(शारदा वर्ष ८, अङ्क १, सं. १९९९ बैशाख)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x