साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्वलन्त स्रष्टाः व्यङ्ग्य शिरोमणि

लक्षणा व्यञ्जनावृत्ति चलाई शब्दका फणी, हुँदा भैरव अर्याल हाम्रा व्यङ्ग्य-शिरोमणि, बाङ्गा वाक्यहरूसाथ शैली शिल्प नयाँ उनी, सिङ्गो बनाउँदा माला रमाएको छ जीवनी ।

Nepal Telecom ad

१
बजाई व्यङ्ग्यको बाजा, जगाई जागृति-ध्वनि
जल्ले चनाखो पारेथ्यो नेपाली जनजीवनी
उही ज्वलन्त मान्छेको सम्झना गरिँदा यहाँ
अग्लिने देशको सान, स्वाभिमान जहाँतहाँ ।

२
हास्यको रङ्गमा घोली व्यङ्ग्यको रस उत्तम
गरेथ्यो जसले राम्रो हाम्रो साहित्य उद्यम
तिखारी लेखनीलाई फल्दा उद्यमशीलता
पढ्ने पाठक छन् मक्ख पाई पठनशीलता ।

३
बुझी समाजको पीडा, पढी मानिसको मन
बनायो जिन्दगीलाई जसले अधुनातन
स्रष्टाको सृष्टिको स्वाद विलक्षण सुभाषित
मौलिई फैलियो व्यङ्ग्य-वाणको तीक्ष्णतासित ।

४
लक्षणा व्यञ्जनावृत्ति चलाई शब्दका फणी
हुँदा भैरव अर्याल हाम्रा व्यङ्ग्य-शिरोमणि
बाङ्गा वाक्यहरूसाथ शैली शिल्प नयाँ उनी
सिङ्गो बनाउँदा माला रमाएको छ जीवनी ।

रामहिटी, काठमाडौँ

‘आलेख’ संयुक्ताङ्क ३७ ३८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x