साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेडले पार्टी बदल्नुभएछ

खै, कसले के लोभ देखायो लाभ हुने कुन पाठ पढायो लोभ र लाभले कसरी पग्लनुभएछ कमरेडले पार्टी बदल्नुभएछ ।

Nepal Telecom ad

कमरेड आज खुसी देखिनुभा’छ
भित्र के छ, बाहिर मुस्कुराइरहनुभा’छ
झोलेबाट कार्यकर्ता, नेता हुँदै
उन्नतिको मार्ग टेक्ने बेलामा
आफूलाई उच्च स्थानमा देख्ने बेलामा
केके सुर कस्नुभएछ
चुलामा बस्नुपर्ने मझेरीमै फस्नुभएछ
कमरेडले पार्टी बदल्नुभएछ ।

हिजो स्वाभिमानको गीत गाउने
आडम्बरी र अभिमानलाई पुल्ठो लाउने
सबैसँग वादैवादको अनुवाद गर्ने
अनुशासनको पाठ पढाउने
लाल सलामका लागि हात बढाउने
खै कसरी अभिमानी बन्नुभएछ
कमरेडले पार्टी बदल्नुभएछ ।

सपनामा कुर्सीकुर्सी भनिरहनुहुन्थ्यो
जन्त गएका बेलामा कुर्सी गनिरहनुहुन्थ्यो
खहरेको बगर बाढीले छोपेजस्तै
बैँसको चिउँडो दाडीले छोपेजस्तै
खै कस्तो मौका छोपेर पस्नुभएछ
कमरेडले पार्टी बदल्नुभएछ ।

पार्टीको विरोध गरे हानुलाझैँ गर्ने
कद सानो भए पनि
झन्डाको डन्डी छुँलाछुँलाझैँ गर्ने
राम्रो नेताको कोटिमा पर्न सक्ने
देशकै लागि भलो हुने काम गर्न सक्ने
खै, कसले के लोभ देखायो
लाभ हुने कुन पाठ पढायो
लोभ र लाभले कसरी पग्लनुभएछ
कमरेडले पार्टी बदल्नुभएछ ।

झापा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x