सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कमरेडले पार्टी बदल्नुभएछ

खै, कसले के लोभ देखायो लाभ हुने कुन पाठ पढायो लोभ र लाभले कसरी पग्लनुभएछ कमरेडले पार्टी बदल्नुभएछ ।

Nepal Telecom ad

कमरेड आज खुसी देखिनुभा’छ
भित्र के छ, बाहिर मुस्कुराइरहनुभा’छ
झोलेबाट कार्यकर्ता, नेता हुँदै
उन्नतिको मार्ग टेक्ने बेलामा
आफूलाई उच्च स्थानमा देख्ने बेलामा
केके सुर कस्नुभएछ
चुलामा बस्नुपर्ने मझेरीमै फस्नुभएछ
कमरेडले पार्टी बदल्नुभएछ ।

हिजो स्वाभिमानको गीत गाउने
आडम्बरी र अभिमानलाई पुल्ठो लाउने
सबैसँग वादैवादको अनुवाद गर्ने
अनुशासनको पाठ पढाउने
लाल सलामका लागि हात बढाउने
खै कसरी अभिमानी बन्नुभएछ
कमरेडले पार्टी बदल्नुभएछ ।

सपनामा कुर्सीकुर्सी भनिरहनुहुन्थ्यो
जन्त गएका बेलामा कुर्सी गनिरहनुहुन्थ्यो
खहरेको बगर बाढीले छोपेजस्तै
बैँसको चिउँडो दाडीले छोपेजस्तै
खै कस्तो मौका छोपेर पस्नुभएछ
कमरेडले पार्टी बदल्नुभएछ ।

पार्टीको विरोध गरे हानुलाझैँ गर्ने
कद सानो भए पनि
झन्डाको डन्डी छुँलाछुँलाझैँ गर्ने
राम्रो नेताको कोटिमा पर्न सक्ने
देशकै लागि भलो हुने काम गर्न सक्ने
खै, कसले के लोभ देखायो
लाभ हुने कुन पाठ पढायो
लोभ र लाभले कसरी पग्लनुभएछ
कमरेडले पार्टी बदल्नुभएछ ।

झापा, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फालौँ लुतो

फालौँ लुतो

परशुराम पराजुली
भैरव अर्याल र रमेश विकल  केन्द्रित दुई कृति लोकार्पण

भैरव अर्याल र रमेश...

परशुराम पराजुली
सिउरजस्तो कपाल पारी

सिउरजस्तो कपाल पारी

परशुराम पराजुली
म-त-दाता

म-त-दाता

परशुराम पराजुली
नारी जागरण ?

नारी जागरण ?

परशुराम पराजुली
अहिले भैरव अर्याल भएका भए

अहिले भैरव अर्याल भएका...

परशुराम पराजुली
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला