सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्रष्टा ज्ञवालीलाई जानकी साहित्य पुरस्कार

छनौट समितिका संयोजक तथा किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीद्वारा जारी प्रेस  विज्ञप्तिमा जनाइएको छ ।

Nepal Telecom ad

यस वर्षको जानकी साहित्य पुरस्कार कवि तथा आख्यानकार रुद्र ज्ञवालीलाई प्रदान गरिने भएको छ । किरण पुस्तकालयबाट २०७३ सालदेखि वितरण गरिएको उक्त पुरस्कार रुरुक्षेत्र गाउँपालिका- २, कोलौदी निवासी कवि ज्ञवालीलाई प्रदान गरिने भएको छनौट समितिका संयोजक तथा किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीद्वारा जारी प्रेस  विज्ञप्तिमा जनाइएको छ ।

२०२० साल कार्तिक १ गते जन्मिएका कवि ज्ञवालीले निर्वासन- कथा संग्रालय) २०५८, समीक्षा (संयुक्त गीति एलवम) २०५९, सपना फल्ने रातहरू (गजल संग्रह) २०६१, विवरुका कथाहरू (कथा संग्रह) २०६६, पात्रहरू- कथा संग्रह) २०७२ प्रकाशित छन् भने विभिन्न पत्रपत्रिकामा कथा, कविता गीत गजल लगायतका सिर्जनाहरू प्रकाशित हुँदै आएका छन् । छन्द कविका रुपमा परिचित ज्ञवाली फित्कौली डटकममा व्यङ्ग्य मुक्तक, कविता र कथात्मक व्यङ्ग्य नियमित लेख्दै आउनुभएको छ ।

उक्त पुरस्कार आगामी मोतिजयन्तीका अवसरमा प्रदान गरिने उपाध्यक्ष पन्थीले जानकारी दिनुभएको छ । साहित्यमा कलम चलाउने जानकी ज्ञवाली गौतमको २०७३ साल मंसिर १२ गतेका दिन ३९ वर्षको उमेरमा निधन भएको थियो ।

जानकीको स्मृतिमा उनका पति शंकरप्रसाद गौतमले उक्त पुरस्कारको स्थापना गरी दिनु भएको हो । गौतम रेसुङ्गा नगरपालिका कार्यक्रम अधिकृत हुनुहुन्छ । उहाँ साविक जिल्ला विकास समितिमा हुँदा पनि कार्यक्रम अधिकृत हुनुहुन्थ्यो । गौतम दम्पतीका एक छोरी र एक छोरा छन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad