साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिय मान्छे

अपराधीको संरक्षक बनेर एक मानवले अर्को मानवलाई संरक्षण गर्न सिकाए, विपक्षीलाई गाली गरेर शक्ति कसरी प्रदर्शन गर्ने भन्ने ज्ञान दिए ।

Nepal Telecom ad

म विगत केही समयदेखि एउटा प्रिय मान्छेको खोजीमा थिएँ । साच्चिकै हरेक व्यक्तिको लागि सबैभन्दा प्रिय को हुन सक्छ ? श्रीमान्, श्रीमती, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी,बाबु आमा, साथी, प्रेमी, प्रेमिका …. को सबैभन्दा प्रिय होलान् ?

मैले माथिका सबैतिर दिमाग घुमाएँ । मेरो प्रिय मान्छे को ?
अहँ ! मलाई यी सबैमध्ये कोही पनि प्रिय लागेन । प्रिय मान्छे खोज्ने मेरो अभियानले फेल खायो । अनिणर्यको सिकार भएँ म ।

आफ्नो अभियान असफल भएकोमा म निराश थिएँ । अचानक फेरि एउटा बिकल्पले मेरो दिमाखलाई रन्थन्याई दियो ।
भन्यो- “किन चिन्ता गर्छस अनाडि ! तेरो प्रिय मान्छे पत्ता लाग्छ ।”
“को हो त मेरो त्यो प्रिय मान्छे ?” प्रश्न गरेँ ।
“नेता के त नेता ।” उत्तर आयो ।

ए, हो त ! मेरो प्रिय मान्छे नेता पो त । जसले हामीलाई झुटलाई सही र सहीलाई झुट भन्ने कला सिकाए, आफू जेल बसेको पनि राजनितिमा सावाँ ब्याज असुल गरेर निशुल्क केही नगर्नू भन्ने कुरा सिकाए, चुनावमा लागेको खर्च चुनाव जितेपछि त्यसको पाँच दोब्बर उठाएर बिजनेश गर्न सिकाए, झगडा गरेर द्वन्द्वात्मक भैतिकवाद प्रयोग गरेर देखाइदिए, भाषण गर्दा उखान टुक्का भनेर साहित्यप्रेमी बनाइदिए, अपराधीको संरक्षक बनेर एक मानवले अर्को मानवलाई संरक्षण गर्न सिकाए, विपक्षीलाई गाली गरेर शक्ति कसरी प्रदर्शन गर्ने भन्ने ज्ञान दिए ।

अनि यस्ता बहुप्रतिभाशाली नेताभन्दा प्रिय मान्छे मेरा लागि अरू को हुन सक्छ र ? मेरो प्रिय मान्छे फेला पर्‍यो । प्रिय मान्छे खोज्ने मेरो अभियान सफल भयो । म दङ्ग भएँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x