साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता

यता नाङ्गै उता नाङ्गै उदाङ्गै हिँडिद्यौ तर । जत्ति कालो रहोस् भित्र चेहरा पार सुन्दर ।

Nepal Telecom ad

सिंहदरबार बाँड्दिन्छन् बाँड्दछन् सपनाहरू ।
मोज बाँड्ने कुरा गर्छन् के के बाँड्छन् अझै अरु ।।
उफ्रिन्छन् मस्त भै नेता नाच्नमा यी सिपालु छन् ।
गल्लीमा टोलमा नेता घरकै पनि ठालु छन् ।।
(१)

बार्दैनन् खानमा ढुक्क जे जे मिल्छ पचाउँछन् ।
दूरदृष्टि हुने यिनको पुस्तौंपुस्ता बचाउँछन् ।।
निरोगी स्वस्थ भै बाँच्छन् सधैँ यी खानपानमा ।
जोसिला फुर्तिला नेता देखिन्छन् यी बथानमा ।।
(२)

दिगो सम्बन्धका हुन्छन् दृष्टि दिन्छन् सबैतिर ।
मान्छेमा मात्र हैनन् यी सबैका दोस्त आखिर ।।
यिनैले मित्रता बाँड्छन् जुका, जुम्राहरूसँग ।
उफ्रिने उपियाँसँगै नमानीकन क्यै धक ।।
(३)

अरु रोएर के हुन्छ सधैँ यी हँसिला हुने ।
मुटुका बलिया साँच्चै न कैल्यै दुःखमा रुने ।।
न कैल्यै डरमा बस्छन् सिपालु डनवादमा ।
गरिबी छैन नि यिनको मस्त छन् धनवादमा ।।
(४)

खाऊ खाऊ अझै खाऊ आफ्नै हो डर के छ र ?
कार्यकर्ताहरू जो छन् यिनैको आरती गर ।।
सिठी बोकेर मुस्काऊ ठटाऊ हातले अरु ।
नराम्रा शब्दमा हैन प्यारले बोल क्यै बरु ।।
(५)

ए नेता ! देशका शान सकेको बाँडिद्यौ धन ।
भेटमा भोटको खेती नोटमै किन ती जन ।।
यता नाङ्गै उता नाङ्गै उदाङ्गै हिँडिद्यौ तर ।
जत्ति कालो रहोस् भित्र चेहरा पार सुन्दर ।।
(६)

डोटी
(गोकर्णेश्वर न.पा.ले ०७८ चैत १८ गते आयोजना गरेको बृहत् हास्यव्यङ्ग्य कविता प्रतियोगितामा प्रस्तु ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
दुई ठोक्तक

दुई ठोक्तक

तीर्थराज जाेशी
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी
तीन ठोक्तक

तीन ठोक्तक

तीर्थराज जाेशी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x