साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीको पुरस्कार वितरण, तीन पुस्तक लोकार्पण

रु १५,००० हजार रुपैयाँ राशि तथा सम्मानपत्र सहितको डा.मुकेशकुमार - जनककुमारी चालिसे विज्ञान पुरस्कार बाहुनडाँगी निबासी नीलकण्ठ तिवारीलाई ।

Nepal Telecom ad

मेचीनगर, झापा । सुसेली साहित्यिक परिवार, मेचीनगरले हालै स्थापना भएको रु १५,००० हजार रुपैयाँ राशि तथा सम्मानपत्र सहितको डा.मुकेशकुमार – जनककुमारी चालिसे विज्ञान पुरस्कार बाहुनडाँगी निबासी नीलकण्ठ तिवारीलाई र रु ११,००० राशि र सम्मानपत्र सहितको सुसेली प्रतिभा पुरस्कार संचारकर्मी सुषमा राजवंशीलाई पुरस्कार अर्पण गर्ने तथा सुसेली-१९ (तेराख स्मृति अङ्क), पुण्यप्रसाद खरेलको समालोचनात्मक कृति ‘धारा धाराका धार’ र विजय खरेलको समालोचनात्मक कृति ‘कपना र मुनाहरू’को लोकार्पण कार्यक्रम सम्पन्न गर्‍यो ।

कार्यक्रम सुसापका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, चितवनका प्रसिद्ध साहित्यकार रविकिरण निर्जीवको प्रमुख आतिथ्य गुरु चूडामणि रेग्मी प्राज्ञसभासद सुभद्रा भट्टराई, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, तेराख प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाको विशिष्ट आतिथ्य तथा लेखनाथ पुस्तकालय चन्द्रगढीका अध्यक्ष विरही अधिकारी, पूर्व अध्यक्ष नवराज घिमिरे, साहित्य चौतारी विर्तामोडका अध्यक्ष हस्त परियार, साहित्य कला सङ्गम दमकका अध्यक्ष नरपति पाण्डे, तेराख प्रतिष्ठान धुलाबारीका अध्यक्ष शिवकुमार पौडेल, प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारी, विर्तामोड साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका भगवती ढुङ्गेल, देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेल, वलिमान तथा सिरिजङ्घा सालिक संरक्षण समितिका अध्यक्ष क्या.गोपीलाल लिम्बु, सुसापका सल्लाहकार भीम खवास, साहित्यिक स्रष्टाहरू डिल्लीराज नेपाल, देवीचरण भण्डारी, गीता सुवेदी नेपाल, आरती पोखरेल, टीका चापागाईं, मिना अधिकारी, टीका भट्टराई नेपाल, विनोद खनाल, कृष्णप्रकाश सुमार्गी, परिवर्तन थिएटरका अध्यक्ष कविता नेपाल पोर्तेल, प्रकाश आचार्य, मेची नगर लेडीजेसिसका पूर्व अध्यक्ष सुशीला खतिवडा, आयुष्मान निरौला, कल्पना ओली, सुसेलीका सम्पादक विजय खरेल, फोटो पत्रकार देवेन्द्र खरेल, नरेश खरेल, सहप्राध्यापक चूडामणि वाशिष्ठ, सहप्राध्यापक डा.ठाकुर पोखरेल, उपप्राध्यापक पुण्य खरेल लगायत सय जनाजतिको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट कृतिहरूको लोकार्पण भएको थियो भने लोकार्पित कृतिहरू सुसेली-१९को परिचर्चा सहप्राध्यापक लीलाप्रसाद अधिकारीले, ‘कपना र मुनाहरू’को परिचर्चा हरिनारायण भट्टराईले तथा ‘धारा धाराका धार’को परिचर्चा डा.ठाकुर पोखरेलले गर्नुभएको थियो ।

गीता सुवेदी नेपाल, मिना अधिकारी, आरती पोखरेल, कल्पना ओली तथा टीका चापागाईंले कविता, गजल तथा मुक्तक वाचन गरिएको कार्यक्रममा पुरस्कृत प्रतिभाहरू नीलकण्ठ तिवारीको परिचय ज्ञानेन्द्र ढुङ्गाना तथा सुषमा राजवंशीको परिचय केन्द्रप्रसाद भट्टराईले गर्नुभएको थियो ।

लेखनाथ खतिवडा पुरस्कृत व्यक्तित्व नीलकण्ठ तिवारीले मन्तव्य व्यक्त गरेपछि प्रमुख अतिथि रविकिरण निर्जीवले शुभकामना तथा वधाइ व्यक्त गर्नुभएको कार्यक्रमको आखिरमा धन्यवाद तथा मन्तव्य सहित अध्यक्षद्वारा सभाविसर्जन गर्नुभएको थियो ।
सुसापका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत गरेर सुरु भएको कार्यक्रमको संचालन सहसचिव मदन अधिकारीले गर्नुभएको थियो ।

-झापाबाट पुण्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x