साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गजस्तो वन र दुर्नाम बाँदरहरू

सिंहदरबार नामक त्यस जंगलको दृश्यावलोकनमा गएको बेला तपाईंहरू अवश्य नै जोगिनुहोला भ्रमको बिउ छर्न सिपालु ती दुर्नाम बाँदरहरूसँग ! तिनले तपाईंहरूको झोलीतुम्बै उडाइदिन सक्छन् ।

Nepal Telecom ad

विश्वास गर्नेहरूकै
लुटेर लतार्छन्
र डकार्छन् ।
मगन्ते भएर
पराइसामू हात पसार्छन्

डकार्छन् ।
स्वर्गजस्तो एउटा वन छ भूमण्डलमा
तर, दुखको कुरा !
त्यहाँ
जति खाए पनि नअघाउने बाँदरहरू वास गर्छन् ।
त्यहाँ
कालो मन भएका बाँदरहरू वास गर्छन्
त्यहाँ
कालै धन भएका बाँदरहरू वास गर्छन्

आफ्नो पारिवारिक परम्परालाई जीवन्त राख्दै
त्यहाँ
बाँदरले नै बाँदरको मुद्दा हेर्छन्
र सजाय तोकेको नाटक गर्दै
बाँदरले नै
बाँदरलाई उन्मुक्ति दिन्छन् ।
हुन त त्यहाँ पनि
-मान्छेलाई नै भगवान् भनिन्छ
-रुखलाई नै भगवान् ठानिन्छ
-प्रकृतिलाई नै भगवान् मानिन्छ
र तिनकै नाममा भेटीहरू चढाइन्छ
तर
मुुखले च्यापेर
भेटीको नगद, गहना र खाने कुराहरू
सधैँ बाँदरहरू नै
आ-आफ्ना वासस्थानतिर लाग्छन्

यसरी नै लुटिरहन पाऊँ भनेर
मौका पर्नासाथ
चर्च
मस्जिद
र मन्दिर धाएर
गड, अल्लाह र ईश्वरसँग वरदान माग्छन् ।
देख्दा
सधैँ छुकछुक छुकछुक गरिरहेका हुन्छन् ती
सधैँ ङयारङयार ङूरङूर गरिरहेका हुन्छन् ती
र सधै
भैँसीबथानको पात्तिएको अर्नाजस्तै भएर
सत्ताको रबाफ देखाउन व्यग्र रहेका हुन्छन् ती ।
भद्र महिलावृन्द !
शिष्ट पुरुषगण !
पर्यटक भएर
सिंहदरबार नामक त्यस जंगलको दृश्यावलोकनमा गएको बेला
तपाईंहरू
अवश्य नै जोगिनुहोला
भ्रमको बिउ छर्न सिपालु ती दुर्नाम बाँदरहरूसँग !
तिनले तपाईंहरूको झोलीतुम्बै उडाइदिन सक्छन् ।

हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
किन ?

किन ?

कृष्ण बाउसे
उसले मोज गर्यो !

उसले मोज गर्यो !

कृष्ण बाउसे
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x