कृष्ण बाउसेकिन ?
काटिँदा छन् रुखहरू, नासिँदो छ हरियाली उपकारी बन्नेको नै यस्तो गति हुन्छ किन ? सर्वश्रेष्ठ भन्न पनि लाजैलाग्ने भइसक्यो मनुवाले धरतीलाई अझ दुख दिन्छ किन ?

कृष्ण बाउसे :
हिजोआज मेरो मन मलाई नै ठुङ्छ किन ?
म नै मेरो दुष्ट भएँ भनी भनी रुन्छ किन ?
टल्के पनि घामसँगै जगतलाई हँसाएर
भविष्यको त्रास सधैँ हिमाललाई हुन्छ किन ?
जीवनलाई हराभरा पारिदिने पानीले नै
बाढी भई गाउँघर बगाएर लान्छ किन ?
उडाएर कालो धुवाँ धरती र आकाशमा
उद्योगले हावालाई विष बनाइदिन्छ किन ?
ऐँसेलुको झाँङमुनि जन्मथलो भएपनि
त्यही नदि सहरमा ढलमति हुन्छ किन ?
काटिँदा छन् रुखहरू, नासिँदो छ हरियाली
उपकारी बन्नेको नै यस्तो गति हुन्छ किन ?
सर्वश्रेष्ठ भन्न पनि लाजैलाग्ने भइसक्यो
मनुवाले धरतीलाई अझ दुख दिन्छ किन ?
हिजोआज मेरो मन मलाई नै ठुङ्छ किन ?
म नै मेरो दुष्ट भएँ भनी भनी रुन्छ किन ?
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































