सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हड्डी

तेस्र दिन पनि यो क्रम चल्यो । त्यो दिन उहाँ आफैले मासुका टुक्रा फ्याँक्नु भयो । त्यो क्रम दोहोरिँदै गयो । कुकुरहरू त भुक्न बिर्सेर पुच्छर हल्लाउँदै उहाँका अगाडि पछाडि हिँड्न थाले ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

अमूक पार्टीले पहिलोपटक प्रचण्ड बहुमत पायो र उहाँले सरकार बनाउनु भयो ।
तर अचम्म, सत्तारोहण गरेको केही दिनमै विरोधका स्वरहरू चर्किन थाले ।
आत्तिएका उहाँले पुरानो सत्ताका सल्लाहकारलाई निवासमा बोलाउनु भयो र समस्या राख्नु भयो ।

“राजनीति गर्नेले एउटै रङको चस्मा लगाएर हुँदैन । आत्तिनु पर्दैन, यसको समाधान छ । के तपाईं केही समय निकाल्न सक्नुहुन्छ ?” उसले सोध्यो ।
“अवश्य ।” उहाँले भन्नुभयो ।

“त्यसो भए भोलि बिहान पाँचबजे पल्लो चोकमा भेटौँ ।” यति भनेर जवाफको प्रतीक्षा नगरी ऊ हिँड्यो ।
तोकिएको समयमै उहाँ तोकिएको स्थान पुग्नुभयो ।

“ल आउनुस् ।” यतिभन्दै ऊ सुनसान गल्लीतिर छिर्‍यो । उहाँ पछि पछि लाग्नु भयो । अलिभित्र छिर्नासाथ चारपाँच कुकुरले उहाँहरूलाई घेरा हाले । उहाँको सातोपुत्लो उड्यो र अत्तालिँदै फर्किनु भयो ।

“यसरी आत्तिएर पनि सत्ता चल्छ ? ल भोलि पनि यसै समयमा यहीँ आउनु ।” उसले आदेश दियो ।
अर्को दिन पनि झिस्मिसेमै उहाँ त्यहाँ पुग्नु भयो ।
केही अगाडि बढेपछि हिजोजस्तै कुकुरहरूले भुक्दै घेरा हाले । उसले झोलाबाट हड्डी निकाल्दै कुकुर भएतिर फ्याँक्न थाल्यो । कुकुरहरू भुक्न छोडेर हड्डी लुछाचुँडीमा व्यस्त भए ।

तेस्र दिन पनि यो क्रम चल्यो । त्यो दिन उहाँ आफैले मासुका टुक्रा फ्याँक्नु भयो ।
त्यो क्रम दोहोरिँदै गयो । कुकुरहरू त भुक्न बिर्सेर पुच्छर हल्लाउँदै उहाँका अगाडि पछाडि हिँड्न थाले ।

“अब मेरो काम सकियो नि ?” एकदिन उसले उहाँसँग जिज्ञासा राख्यो ।
उहाँले सकिएको अर्थमा टाउको हल्लाउनुभयो ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठोक्तक

पाँच ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x