साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शीर्षस्थानका पुजारी

तर, त्यस दिनदेखि उनीहरू आफैं बहिरा भएका छन् अन्धा भएका छन् त्यस आसनमा बसेपछि त जो पनि अन्धो हुँदो रहेछ कि कसो ? हिजो आज त उनीहरू पनि पुरानैहरू जस्तो केवल शीर्षस्थानका पुजारी भएका छन् ।

Nepal Telecom ad

कृष्ण बाउसे :

हाम्रा आँखाहरूमा पट्टी बाँधिएका थिए
खोलेर उनीहरूले देख्ने बनाइदिए ।
हाम्रा कानहरूमा फेसा ठोकिएका थिए
झिकेर उनीहरूले सुन्ने तुल्याइदिए ।
हाम्रा मुखहरूमा बुजो खाँदिएका थिए
आफलेर उनीहरूले बोल्ने अवसर जुटाइदिए ।

हामी उनीहरूप्रति साँच्चै नै आभारी भयौं
र उनीहरूलाई
काँध-काधमा उचालेर
शीर्षस्थानमा पुऱ्याइदियौं ।

तर, त्यस दिनदेखि
उनीहरू आफैं बहिरा भएका छन्
अन्धा भएका छन्
त्यस आसनमा बसेपछि त
जो पनि अन्धो हुँदो रहेछ कि कसो ?
हिजो आज त उनीहरू पनि
पुरानैहरू जस्तो
केवल शीर्षस्थानका पुजारी भएका छन् ।

०००
काठमाडौं
यस्ताे उद्घाेष गर्छु (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन ?

किन ?

कृष्ण बाउसे
उसले मोज गर्यो !

उसले मोज गर्यो !

कृष्ण बाउसे
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x