साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- १३

ए अर्को कुरा उनी कानुन र संविधानका ज्ञाता पनि हुन्, भ्रस्टाचार गर्न हुन्न भन्ने कुरा भिजिट भिसा नलागे पनि थाहा छ, लागे पनि थाहा छ। चित्त बुझे "एल" भन्नुहोस् नत्र "एस"...

Nepal Telecom ad

अर्जुन दाहाल (क): 

राइटर काँहिलो घरमुन्त्री भएको आज ठिक १० महिना पुग्यो। उनी भाउजूको साडी धोएर मुन्त्री बनेका हैनन्। बरु साडी पट्याउन सघाएको हुनसक्छ। उनी दाजुको जुत्ता पुछेर मुन्त्री भएका झन् हुँदैहैनन्। बरु उनले दाजुको मोजा छनौटमा भने सहयोग गरेको हुनसक्छ। खासमा “राइटर” नाम नै काफी छ मुन्त्री हुनको लागि।

कुनै बेला उनी विपक्षीको चौरमा थिए। देश बिग्रेको, सरकार सक्किएको मात्रै देख्थे। राई माहिलो खोइ?? “छिटो सामात्”, भनेर उर्दी कस्थे। अहिले राई माइलालाई सपनामा देखिएला कि ! भनेर राम्रोसँग निदाउँदैनन् रे।

“आरोप लागेपछि छानबिनमा सहयोग गर्न राजीनामा दिनुपर्छ” भनेर हिजो तीन केजी उफ्रने राइटर काहिँला आज लुथ्रुक्क परेर “आरोप लाग्दैमा पद छोड्नुहुन्न” भन्छन्। अस्ति खाने मुखबाट बोलेका मुन्छे अहिले बस्ने कोठरीबाट बोल्दैछन् कि जस्तो। भोलि फेरि पुरानै चौरमा फर्किए भने “आरोप लागेपछि पद छोड्न पर्छ” भन्नेछन्, म ढुक्क छु।

अर्को म केमा पनि ढुक्क छु भने उनी भ्रष्टाचार गर्ने मुन्छे हुँदैहैनन्। भ्रष्टाचार गर्न उनको भिजिबिलिटी पुग्दैन। हाँसेर मात्रै बोल्ने कला भएका राइटर काँहिला कसरी भ्रष्टाचारमा संलग्न हुन सक्छन् ? त्यो असम्भव छ। भ्रस्टाचार गरेर कमाउनु भन्दा कीर्तिपुरको डाँडामा ल्यापटप लिएर बसे पैसैपैसा भन्ने उनलाई थाहा छ।

ए अर्को कुरा उनी कानुन र संविधानका ज्ञाता पनि हुन्, भ्रस्टाचार गर्न हुन्न भन्ने कुरा भिजिट भिसा नलागे पनि थाहा छ, लागे पनि थाहा छ।
चित्त बुझे “एल” भन्नुहोस् नत्र “एस”…
ओकीटोकी… क्रमशः

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
भरत आचार्य
भरत आचार्य
1 year ago

बौत टेस परो ! राइटर माइलाओ इतिवृतान्त ।

Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
1
0
Would love your thoughts, please comment.x
()
x