साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुलुक !

घट्छन् जो घटना यहाँ मुलुकमा को गर्छ निर्देशन ! होला हैन हुँदैन हुन्छ कसरी सोच्दैछ भित्री मन ! छैनन् चेत अझै विवेक मनमा को चोर को सञ्जन ! लड्छन् भाइ बसेर आज घरमा दिक्दार लाग्दोपन !

Nepal Telecom ad

होमनाथ घिमिरे :

मान्छन् व्यर्थ खुसी जलेर घर यो थुप्रो खरानी हुँदा !
छैनन् सोच अझै गलेर जननी पीडा सधैँ बर्सिँदा ।
मर्दैछन् कसरी युवा मुलुकका खाडी विदेशी बनी ।
चिन्ता छैन कुनै छ स्वार्थ पदकै सत्ता बन्यो बैगुनी !

गर्छन् नाटक जो सधैँ सदनमा उस्तै छ बाटोतिर !
चर्चा हुन्न जहाँ अभाव दुनियाँ खाद्यान्न शिक्षानिर ।
तन्देरी जनशक्ति यो मुलुकमा बेरोजगारी हुँदा ।
चासो छैन कदापि राष्ट्र दुनियाँ स्वार्थी बने सर्वदा !

कस्तो तन्त्र अहो!जहाँ गरिबका सुन्दैन पीडा व्यथा !
हुन्नन् चिन्तन; कत्ति प्राथमिकता दिन्नन् भरोसा यथा ।
बोल्छन् मात्र सदैव कर्म नगरी जो केन्द्रमा बस्दछन् ।
छैनन् आज नियाँ यहाँ मुलुकमा वैरीसरी डस्दछन् ।

घट्छन् जो घटना यहाँ मुलुकमा को गर्छ निर्देशन !
होला हैन हुँदैन हुन्छ कसरी सोच्दैछ भित्री मन !
छैनन् चेत अझै विवेक मनमा को चोर को सञ्जन !
लड्छन् भाइ बसेर आज घरमा दिक्दार लाग्दोपन !

केकोनिम्ति खुसी मनाउनु जहाँ छैनन् अपेक्षा कुनै ।
हुन्छन् भेद अनेक राज्य तहमा गर्छन् उपेक्षा सधैँ ।
यस्तै हाल रहे अझै मुलुकमा के हुन्छ हाम्रो गति !
खोज्दैछन् कविले चिरेर तम यो आओस् सुनौलो रति !

०००
भरतपुर चितवन
१५ जेठ,२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x