साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र हजुरको पेवा भो

थोरै कमाएर नहुने रे, धेरै कमाउने इच्छा बढ्द‌ै गयो हजुर बाटोको ठेकेदार, गणतन्त्र ट्याक्टर र डोजर भो गणतन्त्र लडेर ल्याएका हौं, फुल्न र फल्न पाएन हजुर हावाहुरी हुनुभो, गणतन्त्र ढलेर सोत्तर भो ।

Nepal Telecom ad

राजेन्द्र घायल :

हजुर गणतन्त्रको मालिक, गणतन्त्र हजुरको नोकर भो
हजुर तास खेल्ने जुवाडे, गणतन्त्र तासको जोकर भो

जति खाए नि नअघाउने,अचम्म भोक लाग्यो हजुरलाई
हजुर थारो भैंसी हुनुभो, गणतन्त्र कुँडो र चोकर भो

चपाइरहने बानी पर्‍यो, मुख खालि राख्नै नहुने भो रे
हजुर मसला चखुवा, गणतन्त्र काजु र अ‍ोखर भो

थोरै कमाएर नहुने रे, धेरै कमाउने इच्छा बढ्द‌ै गयो
हजुर बाटोको ठेकेदार, गणतन्त्र ट्याक्टर र डोजर भो

गणतन्त्र लडेर ल्याएका हौं, फुल्न र फल्न पाएन
हजुर हावाहुरी हुनुभो, गणतन्त्र ढलेर सोत्तर भो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x