साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

हक छोडेपछि सम्पत्ति माथिको स्वामित्व सकिन्छ ठुलो ठाउँमा पहूँच छ भनेर धेरै घमण्ड नगर्नुस् भो सागरमा मिलेपछि नदी स्वयंको अस्तित्व सकिन्छ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
मलामी जाँदा पनि रङ्गिएको छाला चलेकै छ
हुँदा न खाँदाको तामझाम र झाला चलेकै छ
कसैले तपाईं भनोस् या नभनोस् मपाईँ आफै
आफै आयोजक र आफैलाई माला चलेकै छ ।

२.
कुकुरले कुकुर र बिरालाले बिरालो साथी खोज्छन्
चोरले चोरकै साधुले साधुकै कुरामा ताली ठोक्छन्
धोका पाउँछन् इमान्दारहरूले साक्षी यो इतिहास छ
किनकि सज्जनहरूले सबैलाई आफू जस्तै सोच्छन् ।

३.
परिवेश कहिले खुकुरी हुन्छ त कहिले तरबार हुन्छ
जीवन कहिले खुद्रा पसल कहिले थोकबजार हुन्छ
आउन् जे जस्ता प्रतिकूलता तर हरेश नखानु ए मन
थाकेको ज्यान भन्दा थाकेको मन बढी लाचार हुन्छ ।

४.
यत्ति नबिर्सनुस् मुर्दा शवको मात्रै दायित्व सकिन्छ
हक छोडेपछि सम्पत्ति माथिको स्वामित्व सकिन्छ
ठुलो ठाउँमा पहूँच छ भनेर धेरै घमण्ड नगर्नुस् भो
सागरमा मिलेपछि नदी स्वयंको अस्तित्व सकिन्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x