साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन् वृद्ध ओछ्यानमा

सम्झी यो सपना हरे ! कपुतको साह्रै रिसाए बुढा गग्रेटोतिर नीर खान बिचरा टेक्दै हिँडे ती घुँडा भन्छन् वृद्ध खुबै निराश मनले गोडा बने यी डुँडा पत्नीले अनि झट्ट सो बखतमा ल्याई बसाइन् मुढा॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

गोडाको उपचार गर्न नसकी छन् वृद्ध ओछ्यानमा
जोत्दाखेरि हलो पसेर सुइरो घाहा बन्यो ज्यानमा
केही काम गरेन झारफुकले बेसार दल्दा जति
पैसा छैन र अस्पताल नजिकै छैनन् गरौँ ओखती॥१

भन्छन् मानिसले भयो सइन रे बन्दैन जाती अब
होला काम कसो गरेर घरको चिन्ता छ ज्यादा तब
बस्छन् पुत्र बधू उता सहरमा आउन्न भन्छन् घर
धान्नै आज गृहस्थ मुस्किल भयो टेवादिने को छ र?॥२

छोरो भन्दछ गाउँ गोठ घर यो चाहिन्न केही भनी
बस्छन् पुत्र बधु दुवै सहरमा अत्यन्त मोजी बनी
भन्दैछन् खुद राजतीति अहिले फुल्दैछ यो देशमा
मालामाल बनेर थोर दिनमै बस्छौँ ठुला ऐसमा॥३

लाग्छौँ दाम बटुल्न उच्च तहमा नेता रिझाईवरी
आफ्नै हात लिएर कानुन अरे बस्छौँ तहल्का गरी
होला सुन्दर शान्त कान्तिपुमा प्रासाद जस्तो घर
हाम्रा चाकर भै पछाडितिर नै हुन्छन् हजारौँ नर॥४

सम्झी यो सपना हरे ! कपुतको साह्रै रिसाए बुढा
गग्रेटोतिर नीर खान बिचरा टेक्दै हिँडे ती घुँडा
भन्छन् वृद्ध खुबै निराश मनले गोडा बने यी डुँडा
पत्नीले अनि झट्ट सो बखतमा ल्याई बसाइन् मुढा॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x