साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उसले मोज गर्यो !

उसले मोज गर्यो ठालु भएर मैले सहिरहेँ लजालु भएर जानैसकिन टाढिएर जोत्नु जोतिएँ नारिएर । उसले मोज गर्यो चम्चा भएर ... उसले मोज गर्यो गम्छा भएर ... ।

Nepal Telecom ad

उसले मोज गर्यो चम्चा भएर
घोट्टिइरहेँ म डाडु भएर
भुइँ बढार्ने झाडु भएर
मौका नखोज्ने गाँडु भएर ।

उसले मोज गर्यो चालु भएर
गलिरहेँ म आलु भएर
घोच्नै सकिन काँटी भएर
हान्नै सकिन लाठी भएर ।

उसले मोज गर्यो गम्छा भएर
मेरो सर्वाङ्ग सुम्सुम्याएर
बसिरहेँ म राती भएर
देवीथानकी पाती भएर ।

उसले मोज गर्यो ठालु भएर
मैले सहिरहेँ लजालु भएर
जानैसकिन टाढिएर
जोत्नु जोतिएँ नारिएर ।

उसले मोज गर्यो चम्चा भएर …
उसले मोज गर्यो गम्छा भएर …
उसले मोज गर्यो ठालु भएर ….
उसले मोज गर्यो चालू भएर …

उसले मोज गर्यो !
उसले मोज गर्यो !!
उसले मोज गर्यो !!!

हाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन ?

किन ?

कृष्ण बाउसे
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x