साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिण्डे

हजाम एकै श्वासमा बोले- “तपाईको केश यो विशाल फाँटिलो मैदानमा खोजी-खोजी काट्नु पऱ्यो सर । यसमा मेरो परिश्रम र मेहनत निक्कै खर्चिनु पऱ्यो । कम्ति झमेला भएन ।”

Nepal Telecom ad

यौवनकालमा मेरो केश यति बाक्लो थियो… मेरो केशमा कैँची चलाउन हजामहरूले दारा नकिटी धर पाउँदैन थिए । उबेलाको फोटो हेर्दा लामो श्वास नफेरी उपाय नै छैन । यो उमेरमा आएर मेरो कपालमा केशको नामोनिशानै छैन । हेनतेन नभनी लाजै पचाएर भनुँ भने, म चिण्डे भएको छु । चिण्डे भएकोमा मलाई कुनै दुःखमनाउ छैन । आँखा ता फुला परेको छैन । दाँत झरेर फोल्डिङ् दाँत पनि लु टाँस्नु परेको छैन । म चिण्डे भइदिँदा मेरो केही पनि बिग्रेको छैन । मेरो केही पनि बिगारेको छैन । मलाई कसैले मन पराइहाली भने मेरो सुन्दर मुहारलाई पो मन पराउँछिन्, मेरो चिण्डे तालुलाई ता हेर्दिनन् होला नि ! अँ….टण्टलापुर घाम लाग्दा र अच्चाकाली जाड़ो हुँदा भने चिण्डे तालुलाई पीर पर्ला । महात्मा गान्धी चिण्डे भए ता के भो र ? उनको चिण्डे तालुले न घामलाई टेऱ्यो न ता बर्खा झरीलाई नै । किनभने उसको चिण्डे तालु सन प्रुफ पनि; वाटर प्रुफ पनि । टु इन वान । अनि मेरो चिण्डे तालु चाहिँ मन प्रुफ । तालु चिण्डे भए पनि मेरो मन चिण्डे भएको छैन । जैले नि एभरग्रीन ।

धेरै जनाको मुखबाट सुनेको छु, चिण्डेहरू पैसावाल हुन्छन् रे ! लेनिन, नेताजी, चर्चिल, नेहरू, होचि मिन सबै ता लस्करै चिण्डे । चिण्डे हुनु भनेको नै विख्यात व्यक्तिको साइन हो । म पूणर्ाङ्ग चिण्डे भएपछि विख्यातको श्रेणीमा परिन र ?

यो संसारमा चिण्डे पनि थरि-थरिका देखिन्छ । निधारदेखि चिण्डे हुने चिण्डे तालुलाई ‘गल्लीदेखि मूल बाटो भनिन्छ ।’

अघिल्ला दुइ विङ्गर छैनन्, मात्रै फरवर्ड । मिडऐफिल्ड फाँटिलो, पछिल्तिर सोलिड डिफेन्स- यस्तो चिण्डेलाई ‘फुटबल मैदान’ भनिन्छ । कसैले एकातिरको केश पालेर लामो राख्छ अनि अर्कोतिरको केश तालु छोप्ने व्यर्थ प्रयास गर्छ । यस्ता चिण्डेको नाम ‘जून’ । कसैको तालु माझ चिण्डे हुन्छ । कसैको दुइवटा कानमाथि र पछिल्तिर वरिपरि केश हुन्छ यस्तो चिण्डे तालुलाई ‘द्विप तालु’ भनिन्छ ।

म ता चिण्डे ठहरिएँ । मभन्दा पनि महाचिण्डे सिनियर एकजनाले सेलुनमा केश काट्दै थिए । केश काटेको पचास रुपियाँ तिर्नुपर्ने ठाउँमा मात्रै दस रुपियाँ दिँदै भने- “भाइ ! मेरो केश त्यति नभएकोले दस रुपियाँ मात्रै दिएँ ।”

हजाम एकै श्वासमा बोले- “तपाईको केश यो विशाल फाँटिलो मैदानमा खोजी-खोजी काट्नु पऱ्यो सर । यसमा मेरो परिश्रम र मेहनत निक्कै खर्चिनु पऱ्यो । कम्ति झमेला भएन ।”

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x