साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ बुढी यौटा टिकटक बनाम

म साडी लाउँछु तिमी दौरा सुरुवाल लाऊ म छमछम नाच्छु तिमी ढोलक बजाऊ म तिमीलाई चिमट्छु, तिमी मेरो गालामा चट्काऊ म तिम्रो जगल्टा उखेल्छु, तिमी मेरो टुपी झट्काऊ ।

Nepal Telecom ad

अस्ती मेरो बर्थ मनायौ, आज तिम्रो बर्थडे मनाम
हामी पनि के कम, आऊ बुढी यौटा टिकटक बनाम ।

कहिले पूर्णे मनाऔं कहिले औंशी मनाम
कहिले दशैं मनाऔं कहिले देउसी मनाम
कहिले इद त कहिले क्रिस्मस
एउटा पर्व पनि नछोडेर मनाम
आऊ बुढी यौटा टिकटक बनाम ।

तिमी गाई झैं बुरुक्क उफ्र, म राँगो झै उफ्रिन्छु
तिमी सवारी गर, म घोडा जस्तो कुप्रिन्छु
हामी पनि भाईरल हुनु पर्छ अरुभन्दा के कम
म आलीमा हिँड्छु तिमी धानमा हिँड झ्वामझ्वाम
गए एक मुरी धान त जाने हो
न हाम्रो जाने हो, हाम्रो बाको जाने हो
आज धान उखलेर धान दिवस मनाम
आऊ बुढी यौटा टिकटक बनाम ।

तिमी हाँगोमा चढ म तलबाट हल्लाउँछु
तिमी राँगोमाथि चढ म कोर्रा लाउँछु
भिरबाट हाम फाल म डोको थाप्छु
ऐया ऐया गर म तिम्रो खुट्टा दाब्छु
तिमी नागिन बन म बिन बजाउँछु
तिमी गाडी बन म हर्न बजाउँछु
कहिले जङ्गलमा जाम कहिले खोलामा जाम
आऊ बुढी आज, एउटा टिकटक बनाम ।

नाच्ने नआए को भो त ?
तिमी भ्याकुतो जस्तो उफ्र म फट्याङ्ग्रो जस्तो फट्किन्छु
तिमी माता जस्तो काम म मृतआत्मा जस्तो भट्किन्छु
तिमी कोइली जस्तो गाऊ म कागले जस्तो गाउँछु
तिमी बिद्या बालन भएर आऊ म इमरान बनेर आउँछु
म साडी लाउँछु तिमी दौरा सुरुवाल लाऊ
म छमछम नाच्छु तिमी ढोलक बजाऊ
म तिमीलाई चिमट्छु, तिमी मेरो गालामा चट्काऊ
म तिम्रो जगल्टा उखेल्छु, तिमी मेरो टुपी झट्काऊ
कसैलाई गाली गराैँ कसैको गरौं बदनाम
यति गरे कसो भाईरल न भइएला र ?
आऊ बुढी एउटा टिकटक बनाम ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x