साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्राष्ट्रिय प्रेम सम्मेलन

अर्कातर्फ प्रेमसम्बन्धी कार्यपत्रहरु प्रस्तुत हुँदै थिए । एक साइडमा प्रेम सम्बन्धी चित्र प्रदर्शनी थियो भने अर्को साइडमा प्रेम सम्बन्धी फिल्महरु देखाइँदै थियो ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

अन्तर्राष्ट्रिय प्रेम सम्मेलनको आयोजना गरिएको थियो ।
सम्मेलनको आयोजक थियो‐ ‘विश्व प्रेम सञ्जाल’ । प्रविधि सम्बन्धी काम गर्ने ठूला ठूला आधुनिक कम्पनी सम्मेलनको प्रायोजक बनेका थिए ।

विश्वका ठूला ठूला प्रेम विज्ञहरु प्रेम सम्मेलनका सहभागी थिए । सम्मेलनमा प्रेम सम्बन्धी स्टलहरु राखिएका थिए । एउटा स्टलमा प्रेम कसरी गर्ने भनेर सिकाइँदै थियो । अर्को स्टलमा प्रेम सम्बन्धी पुस्तकहरु थिए । अर्कोमा प्रेम गर्दा प्रेमीप्रेमिकालाइ दिने उपहारहरु राखिएको थियो ।

भर्खरै शहरमा खुलेको प्रेमशास्त्र पढाउने कलेजले पनि निशुल्क भर्नाको स्किमसहितको स्टल राखेको थियो । स्टलका भित्ताभरि प्रेम सम्बन्धि चर्चित भनाइहरु टाँसिएका थिए ।

एक कुनामा प्रेम सम्बन्धी कथा लिखिँदै थिए । कविता वाचन हुँदै थिए । अर्कातर्फ प्रेमसम्बन्धी कार्यपत्रहरु प्रस्तुत हुँदै थिए । एक साइडमा प्रेम सम्बन्धी चित्र प्रदर्शनी थियो भने अर्को साइडमा प्रेम सम्बन्धी फिल्महरु देखाइँदै थियो ।

हरेक दिन साँझपख प्रेम कन्सर्ट हुन्थ्यो ।
जो कोही पनि सम्मेलन स्थल पुग्दा लाग्थ्यो‐ ‘त्यहाँ प्रेम सम्बन्धी नभएको केही छैन ।’
त्यहाँ नभएको एउटै मात्र कुरा थियो– ‘प्रेम ।’

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
0
Would love your thoughts, please comment.x
()
x