साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (३९)

आफू मोटाउने बाटो नखोजे निद भाग्दछ पत्ता लाग्यो भने बाटो बडो आनन्द लाग्दछ । आफू साँढे हुँदै बाली जसरी पनि चर्नुछ सिँगौरी खेल्नु खेलेर एक्लै रजाइँ गर्नुछ ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

बेला हेरि सबैकाम म हुन्छु गर्न तत्पर
जितेर पदमा पुग्दा भनेको गर्न मिल्छर ।(४९६)

जितेर जिन्दगी आफ्नो इच्छा लाग्छ जगाउन
मेरो किर्तनमा लागे सक्छु थोरै सघाउन ।(४९७)

अर्ती धेरै दिने गर्छु यसो गर उसो गर
मेरो बिरोधमा लागे शान्ति भगाउँला पर ।(४९८)

मेरो पक्ष लिएदेखि म तिम्रै गीत गाउँछु
यदि विपक्षमा लागे लाठी पक्कै उज्याउँछु ।(४९९)

फुरुक्क फुर्किए हुन्छ आज मैले फकाउँदा
बोल्ने फुर्सदमा हुन्न भोलि कुर्सी समाउँदा ।(५००)

मान्छेको आँतमा छाम्न जानेकोछु नयाँ कला
छामेकै भरमा पार्छु कुनै सञ्च कुनै थला ।(५०१)

योजनाबद्व लाग्नेछु म संस्कृति बँचाउन
निवासमै पिए हुन्छ भट्टी पर्दैन धाउन (५०२

युवा ,बूढा जुवातास खेल्ने संस्कारमा जुट
दिउँसै पिउँदै चोक गल्ली फोहोरमा सुत ।(५०३

अर्को संस्कार हो हाम्रो भ्रस्टाचार बँचाउनु
साङ्गोपाङ्गो मिलाएर दाम बटुल्न भ्याउनु ।(५०४)

ढिलासुस्ती हुनैपर्छ भन्ने कानुन ल्याउन
जालझेल जगाएर घरैपिच्छे पुर्‍याउन ।(५०५)

खोजी कुतर्कको गर्दै बङ्ग्याउन सधैँ सिधा
कुबुद्वी खर्च गर्ने हो राम्रो सप्रेर झाँगिदा ।(५०६)

आफू मोटाउने बाटो नखोजे निद भाग्दछ
पत्ता लाग्यो भने बाटो बडो आनन्द लाग्दछ ।(५०७)

आफू साँढे हुँदै बाली जसरी पनि चर्नुछ
सिँगौरी खेल्नु खेलेर एक्लै रजाइँ गर्नुछ ।(५०८)

उफ्रिने हो जथाभावी ठाडो पुच्छर लाउँदै
मुन्टो जोती अझै हुक्काँ गर्दै चर्को कराउँदै ।(५०९)

देशबासीहरूलाई त्राहि त्राहि बनाउने
यस्तो सिद्धान्त रोजिन्छ आमालाई रुवाउने ।(५१०)
क्रमशः

०००
चाँगुनारायणा, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x