साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता

गठबन्धनको डोरी कसेर सत्ता पोको पार्दै पार्टी एकबाट अर्कोमा सार्दै अध्यक्ष नयाँ अर्जुन दृष्टि उही सत्तामा अजीव छ यो सत्ता ।

Nepal Telecom ad

फुटबल खेल जस्तै
जनातालाई
घरि लात्तिले
घरि हेडिङले हान्दै
गोलको खुशी दिन्छु भन्दै
खेल्दै छन् नेता
सत्ताको खेल
निष्ठा हरायो
ईमान्दारिता हरायो
त्याग हरायो
पैसाको राजनीति
पैसाको कुटनीति
पैसाको गुटनीति
पैसाको छुटनीति
फुटनीति
भुटनीति
लुटनीति
झुटनीतिले
चुनाबी बाक्साबाट
फुत्त निस्केर
ह्वात्त कुर्सिमा
हामफाल्दै
मान्छे तान्ने चुम्बक
जडान गर्दै
निलिरहेछन् भत्ता
चुनाब जित्यो
चार वर्ष बेपत्ता
तैपनि चलाईरहेछ सत्ता
जे छ कुर्सिमा छ
जे जसरी गर कुर्सि बचाउ
सानो रोग लाग्यो
विदेशमा जँचाऊ
योजना कार्यान्वयन बिना
फाईल सदर गरी पचाऊ
सत्ता ?
प्रश्नै प्रश्नको डिक्स्नेरी
उत्तर कतै न भेटिने
गठबन्धनको डोरी
कसेर
सत्ता पोको पार्दै
पार्टी एकबाट
अर्कोमा सार्दै
अध्यक्ष नयाँ
अर्जुन दृष्टि
उही सत्तामा
अजीव छ
यो सत्ता ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढा गिध्दहरू !

बुढा गिध्दहरू !

जनार्दन अधिकारी ‘धड्कन’
चन्द्रागिरिको १५४ औँ श्रृङ्खला हास्यव्यङ्ग्य विशेष

चन्द्रागिरिको १५४ औँ श्रृङ्खला...

जनार्दन अधिकारी ‘धड्कन’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x