साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुट्टा तान्ने तपाईंहरूलाई सलाम

तरै पनि..... खुट्टा तान्ने तपाईहरूलाई सलाम लङ्की लाउने तपाईहरूलाई सलाम घुर्राजस्तै घुम्दा अविराम जल्ने तपाईहरूका विषनयनलाई सलाम माथि उक्लिँदा आफ्नै बलबुतामा डाह गर्ने तपाईहरूका सिरीखुरी ईर्ष्याहरूलाई सलाम ।

Nepal Telecom ad

“दह्याः सुतीक्ष्योना नीचाः परयशोक्ग्निता ।।
अशक्क्तास्तस्पदं गन्तुं तातो निन्दं प्रकुर्वते ।।“
– चाणक्य नीतिशास्त्र (१३/१०)
(दुर्जन-नीच मानिस आफू उन्नति गर्न नसकी अरुका कृतिरुपी तीक्ष्ण अग्निद्वारा डढ़्दछन् । त्यसपछि उन्नति गरेको व्यक्तिको निन्दा गर्न थाल्छन् । पिल्सिएका हुनाले र तिनको स्थान प्राप्त गर्न नसेकाले नीचहरू सज्जनहरूको निन्दा गर्न थाल्दछन् ।)

सगर उक्लिन सक्षम
सागन नाँघ्न सक्षम
व्योम भेट्न सफल
मेरा यी खुट्टाहरू
दिन दुगुणा रात चौगुणा
अविराम अघि बढ़ेको देखेर
मेरा खुट्टाहरू तान्न
लाम लाग्नेहरू लछेप्रै छन्
मलाई लङ्की लगाउनेहरू भक्कुमारी छन् ।
यसैले….खुट्टा तान्ने तपाईहरूलाई सलाम
लङ्की लाउने तपाईहरूले सलाम
जल्ने तपाईहरूका विषनयनलाई सलाम
माथि उक्लिँदा आफ्नै बलबुतामा
डाह गर्ने तपाईहरूका
सिरीखुरी ईष्र्याहरूलाई सलाम ।

चन्द्र छुने ताकमा
आफ्नै धुनमा दुगुरिरहेका बेला
जब तपाईका हातहरू मेरो खुट्टा तान्न तम्सेका देख्छु
जब तपाईका खुट्टाहरू मलाई लङ्की लाउन जुर्मुरिएको देख्छु
त्यतिबेला मभित्रको
हनुमाने वेगले अझ गति पक्रिन्छ
दुगुर्नुमै म मातिएको बेला
मेरो खुट्टा तान्ने तपाईहरूका टपर्टुइँय्ये हातहरूमा सुरसा देख्छु
तपाईहरू लावारिश खुट्टाहरूमा सिंहिका राक्षसी झल्झल्ती देख्छु ।
यसैले खुट्टा तान्ने तपाईहरूलाई सलाम
लङ्की लाउने हातहरूलाई सलाम
तपाईहरूका विषनयनलाई सलाम
तपाईहरूका सिरीखुरी ईर्ष्याहरूलाई सलाम ।

म सदैव एक सय बीस किलोमिटरको रफ्तारमा हुन्छु
मेरो खुट्टा तान्ने दाउमा
मलाई लङ्की लाउने कूटनीतिमा
साठीदेखि सत्तरी किलोमिटरको
रफ्तारले कहाँ भ्याउन सक्छ र हजूर !
तपाईहरूको दुगुराइमा र मेरो दुगुराइमा
कति फरक छ ; कति भिन्नता
मेरो हनुमाने गतिवेगलाई
लुम्सो दुगुराइले कहाँ उछिन्नु सक्नुहुन्छ र ?
यसैले तपाईहरूको मूर्ख प्रयासलाई सलाम
तपाईहरूको सिरीखुरी ईष्र्याहरूलाई सलाम ।

उन्नति र प्रगतिको बाईपङ्खी घोड़ामा
चढ़ी मैले मुलूक मार्दा
तपाईहरू कति तड़्पिनुहुन्छ
तर मेरो वेगवान खुट्टा फड़्काइले
हजूरहरूको टेसिलो निंद्रा खोसिएको छ
हजूरहरूको रसिलो मुस्कान लुटिएको छ
हजूरहरूको हँसिलो मुहारका भूगोलमा
कैयौंपल्ट पहिरो गएको छ
हजूरहरूको विषनयमा
दुर्योधनले आत्महत्या गरेको छ
हजूरहरूका इखालु नयनमा
शकुनीले आफ्नो चाल बिर्सेको छ
हजूरहरूको ईर्ष्यालु नयनमा
कंशको धोति फुस्केको छ
हजूरहरूका रिसालु नयनमा
राणवणको गर्जनले घाँटी रेटेको छ
हजूरहरूका आह्रिसालु नयनमा
सुपणर्खाले रगतसरीको नाक धोएकी छ ।
यसैले खुट्टा तान्ने तपाईहरूलाई सलाम
डाह गर्ने तपाईहरूका ईर्ष्याहरूलाई सलाम ।

आचार्य वेदव्यासका हातजस्ता
आचार्य चाणक्यका हातजस्ता
पितामह भिष्मका हातजस्ता
हजूरहरूका हातहरू कति महान्
चुम्न लायकका हजूरका यी हातहरू
तर अचेल….
हजूरका यी हातहरूका हातहरूमा
किन रावणको लङ्गोटी गन्हाउँछ
किन कुम्भकणर्को श्वाश गन्हाउँछ
किन शकुनीको जीउ गन्हाउँछ
किन दुर्योधनको धोति गन्हाउँछ
किन धनानन्दको मुख गन्हाउँछ
किन हिटलरको काखी ठसठस्ती गन्हाउँछ
किन मुसोलिनीको तिघ्रा दङ्दङ्ती गन्हाउँछ
किन सद्दामको खुट्टा कुहेको मूसो गन्हाउँछ
किन लादेनको दाह्री ह्वास्सै गन्हाउँछ
तर….
तर….
चन्द्रमा छुने मेरो काकाकुली तड़्पाइमा
स्वाभिमानको वासन मगमगाउँछ
किनभने मेरो यो दुगुऱ्याइँ
सत्य र निष्ठाको दुगुऱ्याइँ हो
खुट्टा तान्ने हजूरहरूको
बामेसराइ खोलामा गाएको गीत हो ।
यसैले खुट्टा तान्ने तपाईहरूलाई सलाम
तपाईहरूको सिरीखुरी ईर्ष्याहरूलाई सलाम ।

मेरो खुट्टा तान्नैहुन्छ भने
मलाई लङ्की लाएर पछार्नुनै हुन्छ भने
लु….आउनुहोस् तपाईहरू…हामी दुगुरौं
यो दुगुऱ्याइँमा कि म पराजित हुँला
या हजूरहरूको जीत होला
त्यतिबेलै.
दूधको दूध पानीको पानी खुट्टिएला
जय-पराजयको छिनाफाना भइहाल्ला
हजूरहरूका स्वास्नीहरूका नाइटाहरूको कसम
हजूरहरूका स्वास्नीहरूका फाँचाहरूका कसम
हजूरहरूका स्वास्नीहरूका नितम्बहरूका कसम
हजूरहरूका स्वास्नीहरूका तिघ्राहरूका कसम
हजूरहरूका स्वास्नीहरूका गतिछाड़ा हिनहिनाइको कसम
यो हाम्रो दुगुराइमा हजूरहरूको पराजय अवश्यै हुनेछ
तर मेरो जीत अवश्यम्भावी छ
मेरो जीन निश्चय छ….
किनभने एक सय बीस किलोमिटर
वेगमा म दुगुर्ने दुगुरिरहने मान्छे ।

तरै पनि…..
खुट्टा तान्ने तपाईहरूलाई सलाम
लङ्की लाउने तपाईहरूलाई सलाम
घुर्राजस्तै घुम्दा अविराम
जल्ने तपाईहरूका विषनयनलाई सलाम
माथि उक्लिँदा आफ्नै बलबुतामा
डाह गर्ने तपाईहरूका सिरीखुरी ईर्ष्याहरूलाई सलाम ।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x