साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढा गिध्दहरू !

समय सबैका लागि बराबर छ शासनमा एकल समय बिताएर वर्तमानलाई पद र गुटसँगै राखेर सधैँ सिनो जम्मा गर्न खोजिरहन्छन् बुढा गिध्दहरू !!

Nepal Telecom ad

जनार्दन अधिकारी धड्कन

अग्ला सिमलका
रूखहरूमा
कतै
जङ्गलका अग्ला
अन्य रूखहरूमा
बासस्थान बनाएर
बस्ने गिध्द
सिनो नपाएर
झोक्राई रहेछन्
सबै लोप हुने हो कि भन्ने त्रास
र डर छ

यता सहरको
घना बस्तीमा बस्ने
बुढा गिध्दहरू
घर
र दरबार जलेपछि
खान न खुट्न भई
बचेराहरूलाई नै
ठुग्न थालेका छन्
यिनीहरूलाई
मात्र आफू बाँच्नु छ
एक दिन
मात्र भए पनि
आयु लम्याउनु छ
अरूले दिएको चारामा
विश्वास छैन
सम्मानजनक रूपमा
गुँड कुरेर बस्न चाहन्नन्
जिम्मेवारी दिन सक्दैनन्
रुख नै मेरो
घर हो भन्दै
आफ्नै बचेरालाई ठुँगेर
रुखबाट झार्न खोज्छन्
बुढा गिध्दहरू!

आस्थाको पिरामिड भत्काएर
चाहनाको मन्दिरमा
पूजा गर्दै
सजिलो गरी
सिनो पाउन
अझै कामना गर्छन्
सङ्गठित हुल बाँधेर
अझै उड्न सक्ने
घमण्डमा सिँह
बाघ
हुँडार,
ब्वाँसा
र स्यालहरूलाई
प्रतिस्पर्धी नै मान्दैनन्
कौवाहरूलाई पनि
मुखमात्रै हो भन्छन्
समय सबैका लागि
बराबर छ
शासनमा एकल
समय बिताएर
वर्तमानलाई
पद
र गुटसँगै राखेर
सधैँ सिनो जम्मा गर्न खोजिरहन्छन्
बुढा गिध्दहरू !!

०००
चन्द्रागिरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चन्द्रागिरिको १५४ औँ श्रृङ्खला हास्यव्यङ्ग्य विशेष

चन्द्रागिरिको १५४ औँ श्रृङ्खला...

जनार्दन अधिकारी ‘धड्कन’
सत्ता

सत्ता

जनार्दन अधिकारी ‘धड्कन’
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x