साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले पढ्छ ?

मलाई जुन दिन झ्याउ लाग्छ। ठप !! अनि आइज, भने पनि आउन्न । त्यसपछि लेख्दिन, हो त्यसपछि ! जय नेपाल मित्र, जय नेपाल ! आत्तिएको हो ? गाह्रो छ, अरुण तेस्रो धान्न। गाह्रो छ ! औसतको अधीनमा रहन्न प्रोफेर !! रहन्न !" बर्बरायो प्रोफेसर ।

Nepal Telecom ad

धनराज गिरी :

“कति लेखेको ? कति फुरेको ? कस्तो हिम नदी हो ? आम्माम्मा ! हिम नदी ! कति के कति ? सहस्र पोस्ट प्रदायक, दिनमा ४३ पोस्ट ! ३६ गजल ! ७४ लाइक नास्ति !” सी बी,बी बी सी,जय नेपाल अग्निहोत्री मदानेश्री, उही औसत प्रतिक्रिया, के पल्पा,के गुल्मी, हरेक भूगोलबाट, उही उही उही। विगत तेह्र वसन्तदेखि, औसत आत्माहरूको अनुरूप क्रन्दन,” कति लेखेको ? छरपस्ट, छताछुल्ल, अन्टसन्ट !” भागे कति त ! भागे ! टाप !! ए बी सी,डी बि सी, जे एल, के एल सहेगल,अमीर, समीर, सबै आत्तिए ! आरजूको शेर पनि ! गौर गर्दा इन्दौर पनि।” प्रोफेसर दिग्विजयराज तुफानेश्वर आञ्जेनय पवनसूत बज्रश्री भीमोपाध्याय” ऊ, उही प्रोफेसर, ३६ नामी, बखान बा, सम्पूर्णको बा, वसन्त पराजुली, आयो दुनियाँ डुली, लेख्यो खुली।

पायो नयाँ विशेषण,”LLDC” इलामे प्रीत, किरणको मीत, जगजीत, भोजनको हित, यही रीत ! पोस्ट शब्दातीत !! हाय राम, बदनाम !! “बा,अति भयो !अब अर्थशास्त्र ! Transfer Earning. GAP Model” सुपुत्रको। CAP Model, बाको।

“प्रोफेसर साहेब, कसले पढ्छ ? किन यति धेरै ? किन ? किन ? किन ?” महादेवको प्रश्न। मुस्कुरायो प्रोफेसर ।

बोल्यो,”हे महादेव, भोलेनाथ, काशीनाथ, शेषनाथ, हे शम्भो,अझ कम भो ? म त १००८ पुर्याउन कस्सिएको । प्रभु, मैले कसैको लागि लेखेको होइन। सास फेरेको हो । ५००० साथीहरू ! समानुपातिक । खास खास आए पुग्यो । नआए पुग्यो । म अलि फरक। फेसबुके दुर्गा प्रसाईँ, म हर्क, म यो, त्यो, म देवकोटाको उत्तरअधिकारी, बोक्छु भारी ! लेख्छु, आफैंलाई भुल्न। लेख्छु, दुनियाँलाई भुल्न ! अति भयो ? कति भयो ? कसैको घरमा आगो लगाउन गएको छैन । देश डुबाएको छैन । मेरो जीवन, एक बम्पर !सपनामा सरस्वती माताले आएर भन्नुभयो, “लेख जोगी, लेख, सकेको लेख !”

फेरि अर्को सपनामा शारदाकान्त ऊर्फ अद्वैत पितामह आएर कुर्लिए, “हे योगी महाराज, हम्म, कुन माइकालालले रोक्ने ?कुने ब्यागे र पर्सेले चक्काजाम गर्ने ? लेखे हुन्छ, फुरे जति, तर मानवताको पक्षमा, झुपडीको हितमा ! ठोक्नुहोस् !” अनि ? सिर्जना अपराध हो ? पाप हो ? कसले पढ्छ ? पढ्नेले पढ्छ। Supply creates its own demand ! हुरीले कहाँ सुन्छ र पर्खालको कुरा, इन्द्र, चन्द्र, सूर्य, भानु, जो जो आए पनि खकुरेलपुत्रको सिर्जनारेल छुक छुक छुक छुक छुक छुक, अशोक कुमार ! रोकिन्न यो प्रवेग ! हो, मलाई जुन दिन झ्याउ लाग्छ। ठप !! अनि आइज, भने पनि आउन्न । त्यसपछि लेख्दिन, हो त्यसपछि ! जय नेपाल मित्र, जय नेपाल ! आत्तिएको हो ? गाह्रो छ, अरुण तेस्रो धान्न। गाह्रो छ ! औसतको अधीनमा रहन्न प्रोफेर !! रहन्न !” बर्बरायो प्रोफेसर ।

“सकिन्न बा ! जय नेपाल !!” लागे मुसीकोटतिर ए सी बी जय नेपाल ।” अजेय सर्जक वैश्विक गौरवश्री “अनेसास, छोरी अनुको सास,अर्थात् अनिता गिरीको सासू आमाले यो पदक प्रदान गर्नुभयो, आफ्नै सम्धी भनेर। अनेसासले पनि नयाँ परिचय पायो। प्रोफेसरका फेसबुके पाटे अल्छी, बाउन्ने ल्याकतमा अमित्रहरू नौ दुई एघार !! सम्पूर्ण टाप !! “कसले पढ्छ ?” प्रोफेसरको कानमा गुञ्जियो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x