साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरिको १५४ औँ श्रृङ्खला हास्यव्यङ्ग्य विशेष

फित्काैली हास्यव्यङ्ग्य अनलाइनका प्रधानसम्पादक लुइँटेलले मन्तव्य दिनुहुँदै चन्द्रागिरि साहित्य प्रतिष्ठानले जुन विधागत र विषयगत श्रृङ्खला गर्दै आएको छ यो प्रयत्न अत्यन्त सराहनीय छ भन्नु भयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ ३ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५४ औं काव्य श्रृङ्खला हास्यव्यङ्ग्य काव्य अनुष्ठानको रुपमा सम्पन्न भयो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एव वरिष्ठ हास्यव्यङ्ग्यकार प्राज्ञ नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

फित्काैली हास्यव्यङ्ग्य अनलाइनका प्रधानसम्पादक लुइँटेलले मन्तव्य दिनुहुँदै चन्द्रागिरि साहित्य प्रतिष्ठानले जुन विधागत र विषयगत श्रृङ्खला गर्दै आएको छ यो प्रयत्न अत्यन्त सराहनीय छ भन्नु भयो ।

उहाँले सत्ता र शक्तिको नेतृत्वमा रहेकाहरू कोही पनि चोखा नरहेको बताउँदै अनाचार, दुराचार, पापाचार र भ्रष्टाचारप्रति कलमको माध्यमबाट हास्यव्यङ्ग्यको बारुद नै पड्काउनु पर्ने भैसकेको छ भन्नु भयो । हास्य र व्यङ्ग्यको उपयुक्त सन्तुलन नमिलेको सिर्जना हास्यव्यङ्ग्य नै हुँदैन, भैरव अर्यालको अवसानपछिको नेपाली साहित्यमा हास्य कम र व्यङ्ग्यप्रधान हुँदै आएको छ- उहाँले भन्नु भयो । उहाँले कायर्क्रममा वाचित सिर्जनाहरूमाथि संक्षिप्त समीक्षा पनि गर्नु भएकाे थियाे ।

विशिष्ठ अतिथि डा.बमबहादुर थापा जितालीले आज देशको अवस्थाले हाँसो हराएको छ, व्यङ्ग्यमात्रै थुप्रिएको बताउँदै अापफ्छरनाे हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गर्नु भएकाे थियाे ।

अर्का विशिष्ठ अतिथि कलानिधि दाहालले हास्यव्यङ्ग्यको घेरा साँगुरो छ, स्रष्टा व्यङ्ग्यको आविष्कारक हो भन्नुहुँदै १५४ औं श्रृङ्खलासम्म निरन्तर हुनु पनि ठूलो योगदानकै कुरा हो भन्नु भयो । उहाँले पनि देशमा अहिले देखिएकाे शर्मनाक पयार्वरणलाइ हास्यव्यङ्ग्यात्मक  प्रहार गरिएकाे सशक्त कविता सुनाउनु भयाे ।

अर्का अतिथि जगदीश्वर पोखरेल, ललिता दोषीले शुभकामना दिनु हुँदै आफ्ना रचना सुनाउनु भएको थियो । सचिव सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमशः दुर्गा रिमाल, शारदा अचार्य, लक्ष्मीप्रसाद मिश्र, उत्तम भेटवाल, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, बिनुबाबा घिमिरे, चन्द्रावती अधिकारी, सुरेश घिमिरे, उर्मिला पन्त, द्वारिका कुईंकेल, गंगा अभिलाषी, यज्ञ सुवेदी अनुराधा थापा लगायत २१ जना सर्जकहरूले आ-आफ्ना हास्यव्यङ्ग्य विशेष रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको हैसियतले खोरिया लेखनको सैद्धान्तिक अवधारणा ४ पङ्क्तिको संरचनामा ३ पङ्क्ति ८/८, ८ अक्षर र चौथो पङ्क्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूणर् खोरिया बन्ने प्रष्ट पार्नु भयो । खोरिया लोकछन्द हो र यसलाई जुनसुकै भाका र लयमा सङ्गीत भरेर गाउन सकिने छ भन्नु भयो ।

सहभागी स्रष्टाहरू अमूल्य समय दिएर कार्यक्रमा जोडिनु भएका नयाँ नवागत र स्थापित सबै स्रष्टाहरू अधिकारीले धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि, विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि आमन्त्रित साहित्यकारहरूमा कृतज्ञता ज्ञापन गरी आफ्नो सिर्जना समेत प्रस्तुत गरेर कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००
– धड्कन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुढा गिध्दहरू !

बुढा गिध्दहरू !

जनार्दन अधिकारी ‘धड्कन’
सत्ता

सत्ता

जनार्दन अधिकारी ‘धड्कन’
0
Would love your thoughts, please comment.x
()
x