सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भन के छ भाइ ?

सन्तान बेच्दै ढुकुटी भरेछन् दुष्टात्म मामा घरमा सरेछन् दोषेर अर्को किन जोखिने झन् लाजै हँसाई अब चोखिने छन् ॥

Nepal Telecom ad

उम्किन्छ माछो जसरी समाऊँ
भन्छन् म प्यारी कसरी लुकाऊँ
खाए अहो ! कागज त्यो चपाई
हो दोष मेरो भन के छ भाइ ? ॥

छोरा सँगै देवर बाबू मेरो
छोडिन्छ रे भाउजुको बचेरो
बद्लेछ बोली रुपियाँ छरेर
चोखिन्छु भन्छन् झगडा गरेर ॥

कस्का बचेरा पहिचान छैन
नेपाल बस्ने अनुदान छैन
हुन्छन् प्रवासी मलिनो मुहार
माग्दैछ धर्ती जनको गुहार ॥

ए देशबासी अधिकार सोचौँ
सत्ता र भत्ता सबबाट खोसौं
ठूलो र सानो छविबाट हुन्छ
चित्कार तिम्रो कविले त सुन्छ ॥

सन्तान बेच्दै ढुकुटी भरेछन्
दुष्टात्म मामा घरमा सरेछन्
दोषेर अर्को किन जोखिने झन्
लाजै हँसाई अब चोखिने छन् ॥

०००
सानोठिमी, भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीपन

बुढ्यौलीपन

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
बा

बा

इन्दिरा प्रयास
कर्मचारी

कर्मचारी

इन्दिरा प्रयास
भानु जयन्ती

भानु जयन्ती

इन्दिरा प्रयास
बाबा

बाबा

इन्दिरा प्रयास
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल