साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन के छ भाइ ?

सन्तान बेच्दै ढुकुटी भरेछन् दुष्टात्म मामा घरमा सरेछन् दोषेर अर्को किन जोखिने झन् लाजै हँसाई अब चोखिने छन् ॥

Nepal Telecom ad

उम्किन्छ माछो जसरी समाऊँ
भन्छन् म प्यारी कसरी लुकाऊँ
खाए अहो ! कागज त्यो चपाई
हो दोष मेरो भन के छ भाइ ? ॥

छोरा सँगै देवर बाबू मेरो
छोडिन्छ रे भाउजुको बचेरो
बद्लेछ बोली रुपियाँ छरेर
चोखिन्छु भन्छन् झगडा गरेर ॥

कस्का बचेरा पहिचान छैन
नेपाल बस्ने अनुदान छैन
हुन्छन् प्रवासी मलिनो मुहार
माग्दैछ धर्ती जनको गुहार ॥

ए देशबासी अधिकार सोचौँ
सत्ता र भत्ता सबबाट खोसौं
ठूलो र सानो छविबाट हुन्छ
चित्कार तिम्रो कविले त सुन्छ ॥

सन्तान बेच्दै ढुकुटी भरेछन्
दुष्टात्म मामा घरमा सरेछन्
दोषेर अर्को किन जोखिने झन्
लाजै हँसाई अब चोखिने छन् ॥

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x