साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कस्तो देशमा जन्मिएछु

चोरलाई चौतारो, साधुलाई सुली, इमान्दार कर्मचारीलाई सजायँ, भ्रष्टाचारीलाई फुली लाउने देश हो यो । लौन हामी कस्तो देशमा जन्मिएछौंँ भनिदिनुस् न ल !!

Nepal Telecom ad

झण्डा, सगरमाथा, बुद्ध, हिमाल जस्ता शब्द त हाम्रा लागि अब झुक्याउने शब्द मात्र रहे । यहाँको राजनीति न यहाँको छ, न यहाँको संस्कृति यहाँको नै बन्न पुगेको छ । बरु आँखै नभैदिएको भए देख्नु पर्थेन, बरु कानै नभैदिएको भए सुन्नु पर्थेन तर आँखा र कान भएको बुख्याँचा झै बनेर यहाँको राजनीतिक अतिसार खपेर बस्नु परेको छ ।

कहिलेकाँही भ्रष्टाचारीलाई समातियो भन्छन् तर आकाशमा मिलिक्क हुने बिजुली झैं एकाध भ्रष्टाचारी समातिएर झुक्याइने देश पो बनेको छ यहाँ । समातिँदा पनि मुस्कानका साथ हात हल्लाई हल्लाई भ्रष्टाचारी जेल जाने देश पो हो मेरो । यस्तो लाग्छ कि मानौं कुनै जितको उत्सव ती भ्रष्टाचारीले मनाएका छन् । अब अझ पाँच बर्षमा नै चोख्याइने पो भन्दैछन् गाँठे ।

भ्रष्टाचार गर्नुस् अनि पाँच बर्ष बिदेश लुकेर बस्नुस् अनि भ्रष्टाचारको मुद्धा नै लाग्दैन नि हैन र ? उसो त भ्रष्टाचारीले पुरै जेलमा बसेर बाहिर रिहा हुँदा सय किलोको मालाले जयजकार गरेर बिजय उत्सव मनाउँदै विभिन्न राजनीतिक दलले स्वागत गर्ने पो देश हो यो, हैन र ?

देशका अधिकांश दलको नामको पछाडि— पार्टी भन्ने शब्द झुण्डिएको छ । लौन भन्दिनुस् यो— पार्टी भन्ने शब्द नेपाली शब्दकोषमा यहाँको नै हो कि आयातित होला ? आखिर आफ्नो दलको नाम पनि स्थानीय राख्न नसक्नेले यिनीहरूको सिद्धान्त र नीति नेपाली नै होला र ?

आजकल संसद भवनमा राजनीतिक बहस हेर्दा लाग्छ कि कुनै गाउँमा जग्गाको लागि दुई पक्षको बीचमा अपशब्द बोलेर बाझाबाझ भएको छ । संसद भवन भनेको त विदेशीले बिधेयक बनाइदिएर पास हुने संस्था जस्तो पो देखिन्छ । यहाँ जति बोलिन्छन् के तिनको बारेमा बृहत छलफल भएर निचोडमा पुगिएको छ र ? नत्र त देशले पहिले नै बिकासको चरम उत्कर्षमा पुगेर विकास नै अतिसंतृप्त अवस्थामा पुग्थ्यो होला हैन र ?

यो देशमा दल नै फुटाउन र अस्थिरता उत्पन्न गर्नको लागि बिधेयक ल्याइन्छ । यो देशमा भ्रष्टाचार गर्नेले मिडियामा आएर कसम खाइदिए चोख्याइएको बुझिन्छ । यो देशमा चर्का भाषण र नाराले मात्र व्यक्तित्व बन्दछ । यो देशमा जसले अर्काको बिरोध र सत्तोसराप गर्न सक्यो उसैले प्रसिद्धि पाउँदछ । यो त यस्तो देश रहेछ जहाँ आफैं विदेशी नागरिक बनेर शरणार्थी बन्न लालयित हुने देश रहेछ । यो देश यस्तो देश हो जहाँ बोलिदिए पुग्छ, पुर्‍याउनै पर्दैन । आचि आउने गरेर टुँडिखेलमा जस्ले बोल्न सक्छ त्यसको जिन्दगी बन्न सक्ने देश हो यो !

यहाँ भिम मल्लले सेरिएर मर्नु परेको देश हो । कुख्यात हत्यारा र डाँकाहरू खुल्लमखुल्ला संसद भवन छिरेर शान्तिको प्रवचन दिने देश पो हो यो त ! चोरलाई चौतारो, साधुलाई सुली, इमान्दार कर्मचारीलाई सजायँ, भ्रष्टाचारीलाई फुली लाउने देश हो यो । लौन हामी कस्तो देशमा जन्मिएछौंँ भनिदिनुस् न ल !!
तारेमाम् !

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x