साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैन साली पनि

फेसबुकिया खेती छोडौं, मान्दैन यो मनले बनाइदियो मान्छेभित्र, दिमाग खाली पनि ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल

गोरु छैनन् कुुलो कान्ला, छैन आली पनि
खेतालाले खाजा खाने, छैन थाली पनि

सबैलाई झारपात ठान्दै, गोडमेल गर्छु भन्छ
वर्षभरि खेती गर्‍यो, छैन बाली पनि

फकाउँछन् थर्काउँछन्, कयौँ घुक्र्याउँछन्
एउटी प्वाक्क भेना भन्छे, हैन साली पनि

चिन्नु जान्नु छँदैछैन, के छ हजूर भन्छे
गोरो फोटो देखाउँछे, अर्की काली पनि

साना ठूला धनी गरिब, खेताला हुन् सबै
फाट्टफुट्ट बनिदिन्छन्, फटाहा र जाली पनि

फेरि अर्को जुँगामुठे, बातमारौँ कि भन्छ
हुन्न भने चित्त दुखाइ, दिन्छ गाली पनि

फेसबुकिया खेती छोडौं, मान्दैन यो मनले
बनाइदियो मान्छेभित्र, दिमाग खाली पनि ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x