साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सही नीतिको सङ्कट

दौरा फेरे जस्तो गरी नीति फेर्न थाले काले-काले मिलीजुली खान थाले भाले । छिनछिनै छेपाराले रङ फेरेसरि सङ्घीयता नीति त्यस्तै बन्छ घरी-घरी ।

Nepal Telecom ad

कता लाग्यो गतिमति, कता भाग्यो नीति ?
सहमति नभएर अति भयो खति ।
बाटो सोझो फराकिलो बनेको नि छैन
रात बन्यो धरापिलो, शान्ति पनि छैन ।

पौरखीका पाखुरा खै ? विश्वासको पाटो
उन्नतिको संस्कृति खै ? विकासको बाटो ।
चिराचिरा भयो माटो भासिएर गयो
मन्तव्य र गन्तव्य झन् भारी भिन्न भयो ।

विकासमा प्रतिबद्ध नेता छैनन् कुनै
मिसावटी गोटी चाल्न लम्पट छन् उनै ।
शङ्का लाग्न थालेको छ मन्तव्यका प्रति
आशङ्का झन् बढेको छ गन्तव्यका प्रति ।

किचिएर जनइच्छा चाउरिएर गए
मिचिएर मन-मुटु ममचाझैँ भए ।
औँला कुनै एकै छैनन् लामा-छोटा तर
खाने बेला सबै औँला हुन्छन् बराबर ।

दौरा फेरे जस्तो गरी नीति फेर्न थाले
काले-काले मिलीजुली खान थाले भाले ।
छिनछिनै छेपाराले रङ फेरेसरि
सङ्घीयता नीति त्यस्तै बन्छ घरी-घरी ।

०००
नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x