सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सही नीतिको सङ्कट

दौरा फेरे जस्तो गरी नीति फेर्न थाले काले-काले मिलीजुली खान थाले भाले । छिनछिनै छेपाराले रङ फेरेसरि सङ्घीयता नीति त्यस्तै बन्छ घरी-घरी ।

Nepal Telecom ad

कता लाग्यो गतिमति, कता भाग्यो नीति ?
सहमति नभएर अति भयो खति ।
बाटो सोझो फराकिलो बनेको नि छैन
रात बन्यो धरापिलो, शान्ति पनि छैन ।

पौरखीका पाखुरा खै ? विश्वासको पाटो
उन्नतिको संस्कृति खै ? विकासको बाटो ।
चिराचिरा भयो माटो भासिएर गयो
मन्तव्य र गन्तव्य झन् भारी भिन्न भयो ।

विकासमा प्रतिबद्ध नेता छैनन् कुनै
मिसावटी गोटी चाल्न लम्पट छन् उनै ।
शङ्का लाग्न थालेको छ मन्तव्यका प्रति
आशङ्का झन् बढेको छ गन्तव्यका प्रति ।

किचिएर जनइच्छा चाउरिएर गए
मिचिएर मन-मुटु ममचाझैँ भए ।
औँला कुनै एकै छैनन् लामा-छोटा तर
खाने बेला सबै औँला हुन्छन् बराबर ।

दौरा फेरे जस्तो गरी नीति फेर्न थाले
काले-काले मिलीजुली खान थाले भाले ।
छिनछिनै छेपाराले रङ फेरेसरि
सङ्घीयता नीति त्यस्तै बन्छ घरी-घरी ।

०००
नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
वर्तमान र विगतको मर्म

वर्तमान र विगतको मर्म

डा. बमबहादुर जिताली
हिजो-आज

हिजो-आज

डा. बमबहादुर जिताली
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल