साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोराको बिर्सिने बानी

जन्मदिनको केक काटेर सबैलाई खुवाएछ बुवा आमालाई ख्वाउन चाहिँ बिर्सिएछ सानो हुँदा उसलाई केक खुवाउन म र उसको बुवाले छिमेकीको खेतमा गोरु जोतेको पनि भुसुक्कै बिर्सिएछ ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

छोराले शहरमा घर त बनाएछ
मार्बलै मार्बलको महल बनाएछ
कुकुरको समेत कोठा बनाएछ
बुवा आमाको लागि भने
सानो कोठा बनाउन भुसुक्कै बिर्सिएछ ।

श्रीमतीसँग क्याण्डल लाइट डिनर गर्दागर्दै
आमाले बनाएको खानाको स्वाद नै बिर्सिएछ
अफिसको चापाचाप काममा पनि कुकुरको मासु ल्याएछ
बुवा आमालाई दूध चाहिन्छ भनेर चाहिँ भुसुक्कै बिर्सिएछ ।

ठन्डा महिनामा जाडोको लुगा सबैलाई ल्याएछ
कुकुर पनि नयाँ लुगा पाएर गमक्कै भै बसेको छ
बुवा आमालाई बुढेसकालको कमजोरी ढाक्ने
कम्बल चाहिन्छ भनेर चाहिँ भुसुक्कै बिर्सिएछ ।

बुहारीलाई मज्जाको रानिहार उपहारमा दिएको छ
छोराको उपहारले मेरी बुहारी धपक्कै बलेकी छ
सानो हुँदा आमाले आफ्नो मङ्गलसूत्र बेचेर
स्कुल पढाएको उसले भुसुक्कै बिर्सिएछ ।

बुवा चै भक्कानिन्छ म भन्छु
के गर्नु त्यस्को बिर्सिने बानी छ
आज पनि श्रीमतिलाई साडी कुकुरलाई मासु बोर्सिएनछ
तर बुवाको सुगरको औषधि चाहिँ भुसुक्कै बिर्सिएछ ।

श्रीमतीको जन्मदिनमा चौरासी व्यञ्जन अर्डर गरेछ
बुवा आमालाई खाना अर्डर गर्नै बिर्सिएछ
जन्मदिनको केक काटेर सबैलाई खुवाएछ
बुवा आमालाई ख्वाउन चाहिँ बिर्सिएछ
सानो हुँदा उसलाई केक खुवाउन
म र उसको बुवाले छिमेकीको खेतमा
गोरु जोतेको पनि भुसुक्कै बिर्सिएछ
उसको बिर्सिने बानी अझै गएको रहेन छ ।

०००

खोलाचन्द फाप्री, जलपाइगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x