सुलसुलेफित्कौलीका नियमित व्यङ्ग्यकार सम्मानित र ‘सोपान’ को विमोचन
कार्यक्रममा कृष्णबहादुर साहु सभापति, कवि तथा संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथि तथा ओम श्रेष्ठ रोदन, चारै वेदका अनुवादक तिलक लुइँटेल र उपभोक्ता जागरण अभियानका अध्यक्ष तथा खोटाङ सम्पर्क मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

काठमाडौं, ०८० असार ११ । विभिन्न पुस्ताका सात कविका सात/सात कविता रहेको नवीनतम् कृति ‘सोपान’ संयुक्त कविता सङ्ग्र्रह बागबजारस्थित द क्यापिटल फूड क्याफेमा आयोजित समारोहमा विमोचित भयो ।
कार्यक्रममा चितवन निवासी उपन्यासकार चिरञ्जीवी दाहाललाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित स्रष्टाको विषयमा मनमति साहित्य समाजका महासचिव जनक अधिकारीले सम्मान गर्नुको कारण प्रष्ट पार्नुभएको थियो भने सम्मानित स्रष्टाले आफू सम्मानित हुँदा उठेका भावना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कृष्णबहादुर साहु सभापति, कवि तथा संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथि तथा ओम श्रेष्ठ रोदन, चारै वेदका अनुवादक तिलक लुइँटेल र उपभोक्ता जागरण अभियानका अध्यक्ष तथा खोटाङ सम्पर्क मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
‘सोपान’ कविता सङ्ग्रहमा अग्रज र अनुज गरी सात जनाका कविता समावेश छन् भने अतिथि कविका रुपमा कवि तथा गीतकार दिनेश अधिकारी, अग्रज कवि प्रकाश घायल, कवि प्रज्वल अधिकारी र मौन आवाजका कविताहरू समावेश गरिएका छन् । सात कविहरूमा क्रमशः रामचन्द्र दाहाल, गणेश लोहनी, गोपीकृष्ण थापा, दुर्गाकिरण तिवारी, मौनता थापा, कपिल अधिकारी र माधव बिडारी रहेका छन् ।
गीतकार तथा मुक्तककार एच.के. धितालले सञ्चालन गरेको कार्यक्रममा दुर्गाकिरण तिवारीले स्वागत गर्नुभएको थियो भने आयोजक संस्था मनमति साहित्य समाजका उपाध्यक्ष जनार्दन अधिकारी ‘धड्कन’ले संस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रमको औचित्य र पुस्तकको महत्वपूणर् तथ्यको विषयमा लोकार्पित कृतिका सम्पादक तथा आयोजक संस्थाका उपाध्यक्ष माधव बिडारीले प्रष्ट पार्नु भएको थियो ।
गोपीकृष्ण थापाले संयोजन गर्नु भएको उक्त लोकार्पण कार्यक्रममा साहित्यकारहरूको भव्य उपस्थिति रहेको थियो । अन्त्यमा कार्यक्रम संयोजक गोपीकृष्ण थापा तथा सभापति कृष्णबहादुर साहुले प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरी कार्यक्रम विसर्जन भएको घोषणा गर्नुभएको थियो ।
०००
– समाचार श्रोत : शब्दपथ
Subscribe
Login
0 Comments
Oldest












































