साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले काठमाडौंमा नेपाल देखें

मैले राजा-रानी देखें । बियर भन्दा मँहगो पानी देखें । जे देख्नु पर्ने थियो सबै देखें जे देख्नु पर्ने थिएन त्यो पनि देखें । मैले काठमाडौँमा नेपाल देखें ।

Nepal Telecom ad

विश्व शाक्य :

मैले काठमाडौंमा नेपाल देखें ।
लाहुरबाट झरेका भेना र
पहाडबाट झरेको साली देखें ।
टाठा बाठाहरूको हालिमुहाली देखें
मैले काठमाडौँमा नेपाल देखें ।

सडकभरि धुवाँका मुस्लोहरूको
आते-जाते देखें ।
बाटाका छेउछाउमा लमतन्न परेका खाते देखें
तिनैका नाममा आएको
डलर पचाउने भाते देखें ।
मैले काठमाडौंमा नेपाल देखें ।

बनकालीमा यत्र-तत्र बंगूर देखें ।
मसाज केन्द्रहरूमा ढालको डंगुर देखें ।
मैले काठमाडौँमा नेपाल देखें ।
निर्व्याजी ऋणमा ठडिएका महल देखें ।
सांसद खरिद बिक्रीको चहल-पहल देखें ।
पाँचतारे होटलमा माननीयलाई सेवा टहल देखें
मैले काठमाडौमा नेपाल देखें ।

विकास आयोजनाको खाका देखें
दुई जिब्रे नेताहरूको भाका देखें ।
विभाग र मन्त्रालय भरि
कमिशन खोरहरूको चाला देखें ।
यन्त्र, तन्त्र, सर्वत्र डॉकैडांका देखें।
मैले काठमाडौमा नेपाल देखें ।

साहित्यकारहरूको भेला देखें ।
कलाकारहरूले मेला देखें ।
सम्मान पुरस्कारहरूको खेला देखें ।
मनसुन र भनसुनको ठेलम् ठेला देखें
मैले काठमाडौमा नेपाल देखें ।

टाउहरूको सान देखें ।
बैमानहरूको मान देखें ।
हिजडाहरूको जयगान देखें ।
मैले काठमाडौँमा नेपाल देखें ।
राप्रपाको जंजाल देखें ।
मालेहरूको माया जाल देखें ।
काँग्रेसीहरूको बेहाल देखें ।
मैले काठमाडौँमा नेपाल देखें ।

मैले राजा-रानी देखें ।
बियर भन्दा मँहगो पानी देखें ।
जे देख्नु पर्ने थियो सबै देखें
जे देख्नु पर्ने थिएन त्यो पनि देखें ।
मैले काठमाडौँमा नेपाल देखें ।

०००
‘यमराजको निम्तो’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x