साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखेको मात्रै पाइन्छ

यदि राजनीतिसँग दह्रो ईन्टिमेसी भएको भए पशुपतिनाथमा उहिल्यै सुन र पित्तल मिक्स गरेर १२ किलो सुन मात्रै भनेर जलहरी चडाई भ्याई दिने थिए ।

Nepal Telecom ad

अशोककुमार शिवा :

भगवानको पालादेखि देवी देवताका नाम जतासुकै उल्लेख गर्ने र शिलाकृत गर्ने प्रचलन रहेको पाइन्छ । मन्दिरका टुँडाल, स्तम्भ र भित्ताहरूमा विभिन्न आकृतिका तस्वीरहरू र अक्षरहरू कुँुदिएका देखिन्छन् । त्यति मात्रै नभएर त्यो मन्दिर बनाउने व्यक्तिको र उसको सरसहयोगीको नाम समेत शिलामा कुँुदिएको देखिन्छ ।

मैले पनि जीवनमा पहिलोपल्ट प्रेम गरेको अनि प्रेम विवाहमा परिणत गरेको हो । त्यसैले बुढीलाई लौन बुढासुब्बाको बाँसमा नाम कोर्न जाउँ न हौ भनेको उल्टै गाली गरेर ल्याइन् । त्यो नमानेपछि सुटुक्क आफैले आफू बसेको घरको भित्तामा सेतो खरीले एक बित्ता लामो नाम लेखेर पौरूषता देखाएको त्यो पनि सह्य भएन छ । लेखेको केही बेरमा हेर्न जाँदा भित्ता चिल्लो थियो ।

एकपल्ट बज्रबाराही मन्दिर जाँदा मन्दिर नजिकको पाटीको भित्तामा धेरै जोडीहरूको नाम कुँुदिएको देखेर बुढीलाई ईसारा गरेको आँखाले नै तिर मारेर ल्याइन् । हुन त त्यस बेला छोराछोरी पनि पढ्न जान्ने भैसकेका थिए तिनले पनि सिक्लान् भन्ने पनि पर्‍यो होला ।

पहिला एकपल्ट सरस्वती पूजाको दिन पारेर सरस्वती मन्दिरको भित्तामा बिचमा संयोजकको चिन्ह राखेर नाम लेखेको थियो । तर त्यो नाम भने बुढीको नभएर अर्कैको थियो । जुन कुरा मैले बुढीलाई भनेकै थिएन, भन्ने कुरा पनि भएन । हुन त त्यसरी नाम लेख्दा बित्तिकै प्रेम बलियो हुने भैदिएको भए आज बुढीको स्थानमा उनै हुने थिइन् होला !! त्यस अर्थमा बुढीले नाम कुँद्न नमानेको पनि जायजै होला ।

हाल आएर बुझ्दा मानिसहरू भुपू मायालु जसको माया चाहिँ अध्यापि मनमा पन्पिरहेको छ तिनको नाम त बुढेसकालमा नै भए पनि शिलाकृत गर्दा रहेछन् । यो थाहा पाउँदा त ठोकिदिउँ कि के हो कतै पित्तलको पातामा लेखेर बर्तमान तथा भुपूहरूको नाम संयुक्त रुपमा जस्तो पनि झोक त चल्छ । तर के गर्नु सबै कुरा पैसो न पर्‍यो । कताबाट ल्याउनु हौ त्यतिका रुपैयाँ पैसा ? कि त ठुलै नेता भएर यसो मन्तरी सन्तरी भएको हुनुपरो । मन्तरी सन्तरी हुन पाए पशुपतिमा नसही गुहेश्वरीमा भए पनि चम्किलो पित्तलमा लेखेर ढुकुटी प्वाल पारेर मन्दिरको प्वाल टालिदिनु हुन्थ्यो ।

त्यसो त मैले पनि राजनीति नै नगरेको त कहाँ हो र ! तर आफूले मात्रै राजनीति चिनेर नहुँदो रहेछ । राजनीतिले आफूलाई कहिल्यै चिनेन । यसो भन्दा फेरि मलाई पाप लागेर चोरी औंलो बाङ्गो होला भन्ने पनि डर छ । हल्का घुर्मैलो भए पनि राजनीतिले हेल्लो हाईसम्म त गरेकै हो । दह्रो ईन्टिमेसी मात्रै नभएको हो । यदि राजनीतिसँग दह्रो ईन्टिमेसी भएको भए पशुपतिनाथमा उहिल्यै सुन र पित्तल मिक्स गरेर १२ किलो सुन मात्रै भनेर जलहरी चडाई भ्याई दिने थिए । के गर्नु जसको खप्परमा जे लेखेको छ त्यही मात्रै त हुँदो रहेछ । लेखेको भन्दा बढी आशा गरेर केही नहुँदो रहेछ ।
जय होस् खप्परमा लेख्ने लेखक महोदयको !!

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x