साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखेको मात्रै पाइन्छ

यदि राजनीतिसँग दह्रो ईन्टिमेसी भएको भए पशुपतिनाथमा उहिल्यै सुन र पित्तल मिक्स गरेर १२ किलो सुन मात्रै भनेर जलहरी चडाई भ्याई दिने थिए ।

Nepal Telecom ad

अशोककुमार शिवा :

भगवानको पालादेखि देवी देवताका नाम जतासुकै उल्लेख गर्ने र शिलाकृत गर्ने प्रचलन रहेको पाइन्छ । मन्दिरका टुँडाल, स्तम्भ र भित्ताहरूमा विभिन्न आकृतिका तस्वीरहरू र अक्षरहरू कुँुदिएका देखिन्छन् । त्यति मात्रै नभएर त्यो मन्दिर बनाउने व्यक्तिको र उसको सरसहयोगीको नाम समेत शिलामा कुँुदिएको देखिन्छ ।

मैले पनि जीवनमा पहिलोपल्ट प्रेम गरेको अनि प्रेम विवाहमा परिणत गरेको हो । त्यसैले बुढीलाई लौन बुढासुब्बाको बाँसमा नाम कोर्न जाउँ न हौ भनेको उल्टै गाली गरेर ल्याइन् । त्यो नमानेपछि सुटुक्क आफैले आफू बसेको घरको भित्तामा सेतो खरीले एक बित्ता लामो नाम लेखेर पौरूषता देखाएको त्यो पनि सह्य भएन छ । लेखेको केही बेरमा हेर्न जाँदा भित्ता चिल्लो थियो ।

एकपल्ट बज्रबाराही मन्दिर जाँदा मन्दिर नजिकको पाटीको भित्तामा धेरै जोडीहरूको नाम कुँुदिएको देखेर बुढीलाई ईसारा गरेको आँखाले नै तिर मारेर ल्याइन् । हुन त त्यस बेला छोराछोरी पनि पढ्न जान्ने भैसकेका थिए तिनले पनि सिक्लान् भन्ने पनि पर्‍यो होला ।

पहिला एकपल्ट सरस्वती पूजाको दिन पारेर सरस्वती मन्दिरको भित्तामा बिचमा संयोजकको चिन्ह राखेर नाम लेखेको थियो । तर त्यो नाम भने बुढीको नभएर अर्कैको थियो । जुन कुरा मैले बुढीलाई भनेकै थिएन, भन्ने कुरा पनि भएन । हुन त त्यसरी नाम लेख्दा बित्तिकै प्रेम बलियो हुने भैदिएको भए आज बुढीको स्थानमा उनै हुने थिइन् होला !! त्यस अर्थमा बुढीले नाम कुँद्न नमानेको पनि जायजै होला ।

हाल आएर बुझ्दा मानिसहरू भुपू मायालु जसको माया चाहिँ अध्यापि मनमा पन्पिरहेको छ तिनको नाम त बुढेसकालमा नै भए पनि शिलाकृत गर्दा रहेछन् । यो थाहा पाउँदा त ठोकिदिउँ कि के हो कतै पित्तलको पातामा लेखेर बर्तमान तथा भुपूहरूको नाम संयुक्त रुपमा जस्तो पनि झोक त चल्छ । तर के गर्नु सबै कुरा पैसो न पर्‍यो । कताबाट ल्याउनु हौ त्यतिका रुपैयाँ पैसा ? कि त ठुलै नेता भएर यसो मन्तरी सन्तरी भएको हुनुपरो । मन्तरी सन्तरी हुन पाए पशुपतिमा नसही गुहेश्वरीमा भए पनि चम्किलो पित्तलमा लेखेर ढुकुटी प्वाल पारेर मन्दिरको प्वाल टालिदिनु हुन्थ्यो ।

त्यसो त मैले पनि राजनीति नै नगरेको त कहाँ हो र ! तर आफूले मात्रै राजनीति चिनेर नहुँदो रहेछ । राजनीतिले आफूलाई कहिल्यै चिनेन । यसो भन्दा फेरि मलाई पाप लागेर चोरी औंलो बाङ्गो होला भन्ने पनि डर छ । हल्का घुर्मैलो भए पनि राजनीतिले हेल्लो हाईसम्म त गरेकै हो । दह्रो ईन्टिमेसी मात्रै नभएको हो । यदि राजनीतिसँग दह्रो ईन्टिमेसी भएको भए पशुपतिनाथमा उहिल्यै सुन र पित्तल मिक्स गरेर १२ किलो सुन मात्रै भनेर जलहरी चडाई भ्याई दिने थिए । के गर्नु जसको खप्परमा जे लेखेको छ त्यही मात्रै त हुँदो रहेछ । लेखेको भन्दा बढी आशा गरेर केही नहुँदो रहेछ ।
जय होस् खप्परमा लेख्ने लेखक महोदयको !!

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x