अर्जुन पराजुलीहुनेछैनन्
भाइटीका हुनेछ, दिदीबहिनी र दाजुभाइ हुनेछैनन् ! क्रिकेट ग्राउण्ड हुनेछ, खेल्ने खेलाडी हुनेछैनन् सिन्दुर, पोते र चुरा हुनेछन्, सिउँदो, गला र नाडी हुनेछैनन् !!
अर्जुन पराजुली :
केही वर्षपछि मेरो देशमा
सटर हुनेछन्, पसल हुनेछैनन्
जमीन हुनेछ, फसल हुनेछैनन् !
अस्पताल हुनेछ, नर्स हुनेछैनन्
बिरामी हुनेछन्, डाक्टर हुनेछैनन् !
बिजुलीका हिटर हुनेछन्, ताप्ने मान्छे हुनेछैनन्
पानीका धारा हुनेछन्, थाप्ने मान्छे हुनेछैनन् !
बस हुनेछन्, चढ्ने मान्छे हुनेछैनन्
स्कुल हुनेछन्, पढ्ने मान्छे हुनेछैनन् !
केही वर्षपछि मेरो देशमा
चौतारो हुनेछ, भारी बिसाउने कोही हुनेछैनन्
वनपाखा हुनेछन्, भाका मिसाउने कोही हुनेछैनन् !
केही वर्षपछि मेरो देशमा
गोठ हुनेछन्, भैसी र गाई हुनेछैनन्
भाइटीका हुनेछ, दिदीबहिनी र दाजुभाइ हुनेछैनन् !
क्रिकेट ग्राउण्ड हुनेछ, खेल्ने खेलाडी हुनेछैनन्
सिन्दुर, पोते र चुरा हुनेछन्, सिउँदो, गला र नाडी हुनेछैनन् !!
०००
शितलपाखा, कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest








































